default_image

10 months ago

May 15, 2024

लखनऊ विरुद्ध दिल्लीको जित

3360 views

0 Bookmark

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो ।

दिल्लीले दिएको २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको लखनऊले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो । लखनऊका लागि निकोलस पुरनले २७ बलमा ६ चौका र ४ छक्का सहित सर्वाधिक ६१ रन बनाए । यस्तै तल्लोक्रमका ब्याटर अर्षद खानले ३३ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ५८ रन बनाए । क्रुनाल पण्ड्याले १८ तथा युधवीर सिंहले १४ तथा क्विन्टन डी ककले १२ रन जोडे ।

दिल्लीका लागि ईशान्त शर्माले ३ विकेट लिए । खलिल अहमद, अक्षर पटेल, मुकेश कुमार, कुलदीप यादव ट्रिस्टन स्टब्सले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले ४ विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो । दिल्लीका लागि अभिषेक पोरेलले ३३ बलमा सर्वाधिक ५८ रन बनाए भने स्टब्सले २५ बलमा ५७ रन जोडे । साई होपले ३८ तय ऋषभ पन्तले ३३ रन बनाए ।

लखनऊका नवीन उल हकले २ तथा अर्शद खानले र रवि विश्नोइले १-१ विकेट लिए ।

यो जित सँगै दिल्लीको लिग चरणका सबै खेल समाप्त भएका छन् । दिल्लीले १४ खेलमा १४ अंक बटुलेको छ । लखनऊको भने एक खेल बाँकी रहँदै १२ अंक छ ।

दिल्लीको प्लेअफ पुग्ने सम्भावना आधिकारिक रूपमा समाप्त नभएपनि सम्भावना न्यून रहेको छ । लखनऊले पनि प्लेअफमा पुग्नका लागि अन्तिम खेलमा ठूलो अन्तरको जित हासिल गर्दै अन्य नतिजामा भर पर्नु पर्ने हुन्छ ।

March 10, 2025

वुमेन्स डे क्रिकेट – नेपाल र हङकङ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ ‌ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००२ मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

Success

Thank you for your time.