10 months ago
May 14, 2024
विराटनगर (हाम्रो खेलकुद) – भारतको पटनाको हाइ पफमेन्स क्रिकेट क्लब र कटिहार क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन् ।
विराटनगर जुटमिलको मैदानमा मंगलबार भएको पहिलो खेलमा पटनाले नेपाल पुलिस क्बलाई १२ रनले हरायो । अर्को खेलमा कटिहारले सिराहा क्रिकेट क्लबलाई ८ विकेटले पराजित गदैृ अन्ति आठको यात्रा तय गर्यो ।
पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको पटनाले १५.५ ओभरमा सबै बिकेट गुगाउँदै १ सय ३ रन बनायो । पटनाका सचिन कुमार सिंहले १९ बलमा समान २ छक्का र चौकासहित २६ रन बनाए । प्रतिकले २२ र सहिले नटआउट१३ रन जोडे ।
पुलिसका सर्वण यादवले कसिलो बलिङ ३.५ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए । रोशन सुवलले ३ ओभरमा २२ रन खर्चेर तथा रसिब खानले ४ ओभरमा ३० रन खर्चेर समान ३ विकेट लिए ।
१ सय ४ रनको लक्ष्य पछ्याएको पुलिस १७.३ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन समेटियो । पुलिसका केशवले २० बलमा ३ चौकासति १७ रन बनाए । एरनले १६ रन र सुबपले ११ रन जोडे ।
पटनाका सकबुल जैनले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । सचिन सिंह र हरिले समान २ विकेट लिए पटनाका सचिन सिंह प्लेर अफ द म्याच घोषित भए र उनले ३ हजार रुपैयाँ पाए ।
अर्को खेलमा सिराहले दिएको १ सय ६८ रनको लक्ष्य कटिहारले १४.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । कटियारको जितको लागि अंकित सिंहले बिस्पोट ब्याटिङ गरे ।
अंकितले ४३ बलमा अर्ध शतक बनाउँदै नटआउट ८० रन बनाए । उनले ४ छक्का र १० चौका प्रार गरे । अंकित प्लेर अफ द म्याच पनि घोषित भए । त्यसैगरी असुबले नआउट २४ रन , आशिषले ३१ र सुजितले ३० रन जाडे ।
सिराहाका विशाल र सोनम रोयले समान १ विकेट लिए । त्यसअघि टस जितेर पहिलो ब्याटिङ थालेको सिराहले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ६७ रन बनाएको थियो ।
जसमा सिराहाका रुपेशले २० बलमा नटआउट ४७ रन बनाए । उनले ३ छक्का र ६ चौका प्रहार गरे । दिपेश दास र ओपनर सोलन साहले समान ३० रन बनाए । कटियारका भानु र प्रनिसले समान २ विकेट लिए ।
प्रतियोगितामा बुधबार पहिलो खेल बिसिसिए विराटनगर र प्रशान्त क्रिकेट क्लब जोगवनी ततथा दोस्रो खेल आयोजक मिल्स क्रिकेट क्लब र सुनसरी क्रिकेट क्लब बीच हुनेछ ।
March 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००२ मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]