default_image

10 months ago

May 13, 2024

वर्षाका कारण खेल रद्द, गुजरात बाहिरियो 

2576 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल एक बल पनि नभईकन रद्द भएको छ । लगातारको वर्षाका कारण टसका साथै खेल सुरु हुन नसकेपछि खेल रद्द भएको हो ।

गुजरात र कोलकत्ताले खेल रद्द भएका कारण १-१ अंक बाँडेका छन् । यस नतिजा पछि भने गुजरात प्रतियोगिताबाट बाहिरिएको छ । गुजरातको शीर्ष चारमा रहँदै प्लेअफ पुग्ने सम्भावना नरहेपछि लगातार दुई सिजन फाइनलमा पुगेको टोली यसपटक भने प्लेअफ सम्म पनि पुग्न असफल रह्यो ।

गुजरातको १३ खेलमा ११ अंक रहेको छ । उता कोलकत्ता भने शीर्ष दुईमा रहेर प्लेअफ पुग्ने पक्का भएको छ । १३ खेलमा १९ अंक भएको कोलकत्ता शीर्ष दुईमा रहँदै पहिलो क्वालिफायरमा फाइनल प्रवेशका लागि भिड्ने छ ।

आईपिएलमा मंगलवार हुने खेलमा दिल्ली क्यापिटल्स र लखनउ सुपर जाएन्ट्स भिड्ने छन् । दिल्लीको १३ खेलमा १२ अंक रहेको छ भने लखनउको १२ खेलमा १२ अंक रहेको छ । दुवै टोलीको प्लेअफ सम्भावना कायमै रहेको छ ।   

March 10, 2025

वुमेन्स डे क्रिकेट – नेपाल र हङकङ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ ‌ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००२ मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

Success

Thank you for your time.