10 months ago
May 13, 2024
एजेन्सी – दिल्ली क्यापिटल्स विरुद्ध जित दर्ता गर्दै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) ले प्लेअफ सम्भावना कायम राखेको छ । घरेलु मैदानमा भएको खेलमा दिल्ली विरुद्ध ४७ रनको जित निकाल्दै आरसिबि प्लेअफ पुग्ने दौडमा जीवित नै रहेको छ ।
आरसिबिले दिएको १८८ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा अलआउट हुँदै १४० रन मात्र जोड्न सक्यो । दिल्लीका लागि यस खेलमा कप्तानी गरेका अक्षर पटेलले ३९ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५७ रन बनाए । यस्तै साई होपले २३ बलमा २९ रन जोडे । जेक फ्रेजर-मक्गर्कले ८ बलमा २१ रन जोडे ।
आरसिबिका लागि यश दयालले ३ विकेट लिए भने लोकी फर्गुसनले २ विकेट लिए । स्वप्निल सिंह, मोहम्मद सिराज र क्यामरन ग्रीनले समान १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबिले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८७ रन बनायो । आरसिबिका लागि रजत पतिदरले ३२ बलमा ३ चौका र ३ छक्का सहित ५२ रन बनाए । यस्तै विल ज्याक्सले २९ बलमा ४१ रन जोडे ।
ग्रीनले ३२ रनको योगदान गर्दा विराट कोहलीले १३ बलमा २७ रन बनाए ।
दिल्लीका खलिल अहमद र रशिख सलामले २-२ विकेट लिए भने इशान्त शर्मा, मुकेश कुमार र कुलदीप यादवले समान १-१ विकेट लिए ।
जित पछि पाँचौं स्थानमा उक्लिएको आरसिबिको १३ खेलमा १२ अंक भएको छ । तेस्रो स्थानमा रहेको चेन्नाईको १३ खेलमा १४ अंक रहेको छ भने चौथो हैदराबादको १२ खेलमा १४ अंक नै रहेको छ ।
दिल्ली र लखनऊ पनि १२ अंकमा नै रहेका छन् । तेस्रो र चौथो स्थानका लागि पाँच टोलीको सम्भावना कायमै रहेको छ । पहिलो स्थानमा रहेको कोलकत्ता प्लेअफमा पुगिसकेको छ भने दोस्रो रहेको राजस्थानको पनि सम्भावना उच्च रहेको छ ।
March 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००२ मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]