default_image

10 months ago

May 12, 2024

सैनिकलाई यू-१६ क्रिकेटको उपाधि

698 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सैनिक आवासीय महाविद्यालयले जयकुमार नाथ शाह स्मृति यू-१६ अन्तर स्कुल क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ । उपाधिसँगै सैनिकले डेढ लाख रुपैयाँ हात पार्यो ।

आइतबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा मोक्षदा स्कुललाई १० विकेटले पराजित गर्दै सैनिकले उपाधि जितेको हो । वर्षाले प्रभावित खेलमा सैनिकले जितका लागि ९ ओभरमा ७० रन बनाउनुपर्ने थियो । त्यसअघि मोक्षदाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रन जोडेको थियो ।

फाइनलका प्लेयर अफ द म्याच रमण गिरीले २० बलमा ३५ रन जोड्दै विजयी इनिङ खेलेका थिए । त्यस्तै रोजल खड्काले २१ बलमा ३३ रन जोड्दै साथ दिए ।

मोक्षदाका लागि संयम गिरिले ३९ बलमा ३७ रन जोड्दा नितेश बुढाथोकीले २४ रन बनाए । आलोक शाहले ९ बलमा २२ रनको इनिङ खेलेका थिए ।

सैनिकले डेढ लाख प्राप्त गर्दा उपविजेता मोक्षदाले ७५ हजार रुपैयाँमा चित्त बुझायो । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी एन्जल्स हार्ट स्कुलका युवराज खत्रीले २० हजार रुपैयाँ पाए । मोक्षदा स्कुलका इशान शाह उत्कृष्ट बलर तथा संयम नेपाल उत्कृष्ट ब्याटर बन्दै जनही १०-१० हजार पाए । सैनिकका सफल पौडेल उदियमान खेलाडी बन्दै ५ हजार रुपैयाँ पाए ।

काठमाडौं जिल्ला क्रिकेट संघले क्यानका पूर्व अध्यक्ष जयकुमार नाथ शाहको स्मृतिमा प्रतियोगिता आयोजना गरेको थियो ।

March 10, 2025

वुमेन्स डे क्रिकेट – नेपाल र हङकङ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ ‌ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००२ मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

Success

Thank you for your time.