default_image

10 months ago

May 12, 2024

राजस्थानविरुद्ध जित पछि चेन्नाईको प्लेअफ सम्भावना बलियो

3008 views

0 Bookmark

एजेन्सी – राजस्थान रोयल्स विरुद्ध सहज जित दर्ता गरेको चेन्नाई सुपर किंग्सको प्लेअफ पुग्ने सम्भावना बलियो बनेको छ । चेन्नाईको घरेलु मैदानमा भएको खेलमा राजस्थान रोजल विरुद्ध ५ विकेटको जित दर्ता गरेको चेन्नाईले शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ ।

राजस्थानले दिएको १४२ रनको मध्यम लक्ष्य चेन्नाईले १० बल बाँकी रहँदै ५ विकेट गुमाएर भेटायो । चेन्नाईका लागि कप्तान रुतुराज गाईक्वाडले ४१ बलमा ४२ रन बनाएर अविजित रहे । रचिन रवीन्द्रले २७ तथा ड्यारील मिचेलले २२ रन जोडे । शिभम दुबेले १८ रन जोडे ।

राजस्थानका रविचन्द्रण आश्विनले २ विकेट लिए भने नान्द्रे बर्गर र युजभेन्द्र चाहलले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेटको क्षतिमा १४१ रन बनायो । राजस्थानका रियान परागले ३५ बलमा सर्वाधिक ४७ रन बनाए । यस्तै ध्रुव जुरेलले २८, यशस्वी जैसवालले २४ तथा जोस बटलरले २१ रन जोडे ।

चेन्नाईका सिमरजित सिंहले ३ विकेट लिँदा तुशार देशपाण्डेले २ विकेट लिए ।

जित पछि एक खेल खेल्न बाँकी रहेको चेन्नाईको १४ अंक सहित तेस्रो स्थानमा छ । शीर्ष दुई टोली: कोलकत्ता नाइट राइडर्स र पराजित राजस्थानको समान १२ खेलमा १६-१६ अंक रहेको छ । सनराईजर्स हैदराबादको पनि १४ अंक रहेपनि दुई खेल खेल्न बाँकी रहेको छ ।

समान १२-१२ खेल खेलेका दिल्ली क्यापिटल्स र लखनउ सुपर जाएन्ट्सको १२-१२ अंक रहेको छ भने १२ खेलमा १० अंक रहेको रोयल च्यालेन्जर्स बेंगलूरुको पनि प्लेअफ सम्भावना कायम नै रहेको छ ।

आईपिएलमा जारी खेलमा दिल्ली र बेंगलूरु भिडिरहेका छन् ।

March 10, 2025

वुमेन्स डे क्रिकेट – नेपाल र हङकङ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ ‌ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००२ मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

Success

Thank you for your time.