10 months ago
May 12, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा वर्षाका कारण ढिलो सुरु भएर ५ ओभरमा घटाइएको खेलमा एपिएफले कोशी प्रदेश विरुद्ध २४ रनको जित दर्ता गर्दै विजयी सुरुवात गरेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको एपिएफले इन्दु वर्माको विष्फोटक इनिङको मद्दतमा निर्धारित ५ ओभरमा ३ विकेटको क्षतिमा ५६ रन बनायो । इन्दुले १५ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गर्दै ३८ रनमा अविजित रहिन् । ओपनर ममता चौधरीले १० बल खेल्दै २ चौका सहित ९ रन जोडिन् । रोमा थापाले ५ तथा कप्तान सिता राना मगरले २ रन बनाइन् ।
कोशी प्रदेशका लागि एलिशा खडिया र हिरणमाए रोयले समान १-१ विकेट लिए ।
जवाफमा कोशीले ५ ओभरमा २ विकेट गुमाएर ३२ रन मात्र बनाउन सक्यो । कोशीका लागि नियमित कप्तान रुबिना क्षेत्रीको अनुपस्तिथिमा कप्तानी गरिरहेकी अप्सरी बेगम २० बल खेल्दै २ चौका सहित २५ रन बनाएर अविजित रहिन् ।
ओपनर काजल श्रेष्ठले ४ रन बनाउँदा सानु राजवंशीले २ रन बनाइन् । एपिएफकी कप्तान सिता राना मगरले एक विकेट लिइन् ।
आज भएको पहिलो खेलमा ललितपुर मेयर्स-११ सुदुरपश्चिम प्रदेश विरुद्ध डकवर्थ-लुइस-स्टाइन पद्दतिका आधारमा १६ रनले पराजित भएको थियो । यसअघि शनिवार भएको पहिलो खेलमा ललितपुरले बागमती प्रदेश विरुद्ध ७ विकेटको जित दर्ता गरेको थियो ।
प्रतियोगितामा सोमबार दुई खेल हुँदै छन् । बिहान ९:३० बजे सुरु हुने खेलमा बागमती प्रदेशले एपिएफ विरुद्ध खेल्नेछ भने दिनको १:३० बजे हुने खेलमा सुदुरपश्चिम प्रदेशले कोशी प्रदेशको सामना गर्नेछ ।
प्रतियोगिता सिंगल राउन्ड रोबिनमा हुनेछ भने शीर्ष २ टोलीले उपाधिको लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
March 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००२ मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]