10 months ago
May 12, 2024
एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत शनिवारको एकमात्र खेलमा कोलकत्ता नाइट राइडर्स विजयी हुँदै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । वर्षाले प्रभावित खेलमा कोलकत्ताले मुम्बई इण्डियन्स विरुद्ध १८ रनको जित दर्ता गर्दै प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो ।
वर्षाका कारण ढिलो सुरुवात भएर १६ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित १६ ओभरमा ७ विकेटको क्षतिमा १५७ रन बनाएको थियो । दुवै ओपनर सस्तैमा गुमाएको कोलकत्ताका लागि वेंकटेश ऐयरले २१ बलमा सर्वाधिक ४२ रन बनाए ।
नितिश रानाले २३ बलमा ३३ रन बनाउँदा आन्द्रे रसेलले २४ तथा रिन्कु सिंहले २० रन जोडे ।
मुम्बईका लागि जस्पृत बुम्राह र पियुस चावलाले २-२ विकेट लिए भने नुवान् थुसरा र अंशुल कम्बोजले १-१ विकेट लिए ।
जवाफमा मुम्बईले १६ ओभरमा ८ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । मुम्बईका ओपनर इशन किसनले २२ बलमा सर्वाधिक ४० रन बनाए भने तिलक वर्माले ३२ रन बनाए । रोहित शर्माले १९ तथा नमन धिरले १७ रन जोडे ।
कोलकत्ताका लागि हर्षित राना, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान २-२ विकेट लिँदा सुनिल नरिनले १ विकेट लिए ।
जित पछि शीर्ष स्थानमा रहेको कोलकत्ताको १२ खेलमा १८ अंक रहेको छ । पराजित मुम्बईले भने १३ खेल खेल्दै ८ अंक मात्र बटुलेको छ ।
आईपिएलमा आईतवार दुई खेल हुँदै छन् । दिउँसो ३:४५ बजे सुरु हुने खेलमा चेन्नाई सुपर किंग्स र राजस्थान रोयल भिड्ने छन् भने बेलुका ७:४५ बजे रोयल च्यालेनजर्स बेंगलूरु र दिल्ली क्यापिटल्स भिड्ने छन् ।
March 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००२ मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]