10 months ago
May 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एन्जल्स हार्ट स्कूललाई हराउँदै सैनिक आवासीय महाविद्यालय जयकुमार नाथ शाह स्मारक यु-१६ अन्तर स्कुल क्रिकेट प्रतियोगिता २०८१ को फाइनल प्रवेश गरेको छ । शनिवार भएको पहिलो सेमीफाइनल खेलमा सैनिकले ८८ रनको जित दर्ता गर्दै फाइनल प्रवेश गरेको हो ।
सैनिकले दिएको १८२ रनको लक्ष्य पछ्याएको एन्जल्स हार्ट स्कूल १७ ओभरमा ८३ रनमा समेटियो । एन्जल्स हार्टका लागि युवराज खत्रीले २७ बलमा सर्वाधिक ४२ रन बनाए । यस्तै जय थापाले २० तथा गगन बस्नेतले ७ रन बनाए ।
सैनिकका लबा कुमार ठाकुर एक्लैले ५ विकेट लिए भने सफल पौडेलले २ तथा सन्देश बुढाथोकीले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको सैनिकले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७१ रन बनायो । सैनिकका लागि रिगल महतले ४१ बलमा सर्वाधिक ५१ रन बनाए । यस्तै राजदिप आचार्यले ४० तथा रोजल खड्काले ११ रन जोडे ।
एन्जल्स हार्टका युवराज खत्री, जय थापा र गगन बस्नेतले समान १-१ विकेट लिए ।
March 10, 2025
एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]
March 10, 2025
एजेन्सी – भारतले आइतवार च्याम्पियन्स ट्रफी जितेको छ। च्याम्पियन्स ट्रफीको उपाधि उचाल्नु अघि नै भारतीय क्रिकेट टोलीका खेलाडीले विशेष रुपमा डिजाइन गरिएको सेतो ब्लेजर लगाइसकेका थियो। त्यसले पनि क्रिकेट प्रेमीको ध्यान तान्ने नै भयो। ट्रफी वितरण समारोहअघि नै भारतीय टोलीका खेलाडीले छातीको खल्तीमा च्याम्पियन्स ट्रफीको लोगो भएको ब्लेजर लगाएका थिए। विजेता टोलीले यो ब्लेजर आजीवन […]
March 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]