10 months ago
May 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी मेन्स टि२० विश्वकपअघि अबको ३ सातामा तयारीस्वरूप ७ खेल खेल्ने भएको छ ।
विश्वकपको तयारीका लागि एक महिनाअघि नै पुगेको टोलीले विश्वकपको खेल हुने ३ मध्य २ मैदानमा प्रशिक्षण तथा अभ्यास खेलको अवसर पाउने भएको हो । यसै साता वातावरणमा भिज्न अमेरिका पुगेको टोली हाल फ्लोरिडामा छ ।
फ्लोरिडामा समय र वातावरणसँग घुलमिल गरिरहेको टोली टोली आइतबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टतर्फ प्रस्थान गदैछ । नेपालले विश्वकपको समूह चरणमा पछिल्लो २ खेल त्यसै स्थानमा खेल्नेछ ।
नेपालले त्यहाँ पुगेर सेन्ट भिन्सेन्ट एण्ड विन्डवार्डको मिक्स टिमसँग ३ खेल खेल्नेछ । १४, १६ र १८ मेमा अभ्यास खेलसंगै नेपाल मे १९ मा ह्युस्टन प्रस्था गर्नेछ । त्यसपछि २१ मे मा टोलीले प्रशिक्षण गर्ने तालिका रहेको छ ।
२२ र २३ मे मा नेपालले ह्युस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेनसँग अभ्यास खेल खेल्नेछ । नेपालले यसअघि सन् २०२२ मा लिग-२ खेल्न जाँदा पनि सोहि स्थानमा अभ्यास खेल खेलेको थियो ।
नेपाले २५ मे मा डालास प्रस्थान गर्नेछ । त्यसपछि आइसीसीकै तालिका अनुसार नेपालले ग्रान्ड प्रेरि मैदानमा २ विश्वकप वार्म अप खेल खेल्नेछ । हालसम्म आइसीसीले तालिका सार्वजनिक नगरेपनि नेपालले अमेरिका र क्यानडासँग खेल्ने चर्चा छ ।
March 10, 2025
एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]
March 10, 2025
एजेन्सी – भारतले आइतवार च्याम्पियन्स ट्रफी जितेको छ। च्याम्पियन्स ट्रफीको उपाधि उचाल्नु अघि नै भारतीय क्रिकेट टोलीका खेलाडीले विशेष रुपमा डिजाइन गरिएको सेतो ब्लेजर लगाइसकेका थियो। त्यसले पनि क्रिकेट प्रेमीको ध्यान तान्ने नै भयो। ट्रफी वितरण समारोहअघि नै भारतीय टोलीका खेलाडीले छातीको खल्तीमा च्याम्पियन्स ट्रफीको लोगो भएको ब्लेजर लगाएका थिए। विजेता टोलीले यो ब्लेजर आजीवन […]
March 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]