10 months ago
May 9, 2024
सुमन अधिकारी,बुटवल
न्यु होराइजन बोर्डिङ स्कुलले जेट नेपाल यु १४ टि ट्वान्टी क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा वेष्ट्रन क्रिकेट क्लबको आयोजनामा रुपन्देहीमा भएको प्रतियोगिताको फाइनलमा पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले प्रशिक्षण गरेको न्यु होराइजनले बुद्ध पब्लिक स्कुल, देवदहलाई ३ विकेटले हराउँदै उपाधि जितेको हो ।
जितका लागि ७९ रनको लक्ष्य पाएको न्यु होराइजनले १३ ओभरमा ७ विकेट गुमाउदै पूरा गरेको थियो । टोलीका लािग जित दिलाउन अमित यादवले ११ बलमा २ चौका र २ छक्कामा सर्वाधिक २३ रन बनाए ।
अनिश भट्टराईले नटआउट २१ रन जोडे । सुजल भट्टराईले १६ बनाए । होराइजनका ३ खेलाडी खातै नखोली आउट भएका थिए । बुद्ध पब्लिककाका रोशन कुवरले ३, रोहित कुँवर, शुभम पौडेल र प्रिन्स शर्माले १/१ विकेट लिएका थिए ।
त्यसअघि टस जितेर व्याटिङगरेको बुद्ध पब्लिकले १६.३ ओभरमा ७८ रन बनाए । टोलीका विनय कार्किले सर्वाधिक २० बनाए । आकाश न्यौपाने र कृष्ण केसीले समान १४ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउने सकेनन् । न्यु होराइजनका बलर कृष्ण पन्थीले ४, अरुणकुमार नाउले ३ विकेट लिएका थिए ।
न्यु होराइजनका कृष्ण पन्थी फाइनलको प्लेयर अफ दी म्याच चुनिए । प्रतियोगितामा रुपन्देही जिल्लाका ८ टोलीको सहभागिता थियो । आयोजक क्लबका अध्यक्ष भुवन पाण्डेले ग्रास रुटबाट क्रिकेटको विकास गर्ने लक्ष्यसहति प्रतियोगिता आयोजना गरेको बताए । यु १९ राष्ट्रिय टोलीका कप्तान देव खनाल प्रतियोगिता आयोजक क्लबको उत्पादन हुन् ।
न्यु होराइजनले उपाधिसहित २१ र बुद्ध पब्लिकले ११ हजार रुपैयाँ प्राप्त गर्यो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, लुम्बिनी क्रिकेट संघका सचिव संजय गुरुङ, क्यानका पूर्व कार्यवहाक सचिव प्रशान्त मल्ल लगायतले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।
March 10, 2025
एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]
March 10, 2025
एजेन्सी – भारतले आइतवार च्याम्पियन्स ट्रफी जितेको छ। च्याम्पियन्स ट्रफीको उपाधि उचाल्नु अघि नै भारतीय क्रिकेट टोलीका खेलाडीले विशेष रुपमा डिजाइन गरिएको सेतो ब्लेजर लगाइसकेका थियो। त्यसले पनि क्रिकेट प्रेमीको ध्यान तान्ने नै भयो। ट्रफी वितरण समारोहअघि नै भारतीय टोलीका खेलाडीले छातीको खल्तीमा च्याम्पियन्स ट्रफीको लोगो भएको ब्लेजर लगाएका थिए। विजेता टोलीले यो ब्लेजर आजीवन […]
March 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]