10 months ago
May 8, 2024
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा बुधबार सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्समाथि सानदार जित दर्ता गरेको छ । हैदरावादले विष्फोटक ब्याटिङ गर्दै लखनऊ माथि १० विकेटको जित निकालेको हो ।
हैदरावादले १० ओभरमा एक विकेट नगुमाई १ सय ६६ रनको लक्ष्य पछ्याउँदै दुई अंक जोड्यो । हैदरावादका ओपनर ट्राभिस हेड र अभिषेक शर्माले सानदार इनिङ्स खेल्दै लखनऊविरुद्ध छिटो समयमा जित दिलाएका थिए ।
हेडले ३० बलमा ८ चौका र ८ छक्कासहित ८९ रन बनाएर नटआउट रहे । उनका ओपनिङ पार्टनर अभिषेक शर्माले २८ बलमा ८ चौका र ६ छक्का प्रहार गर्दै नटआउट ७५ रन बनाए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । आयुष बडोनीले ३० बलमा सर्वाधिक ५५ रन बनाए भने निकोलस पूरनले २६ बलमा ४८ रनमा अविजित रहे । कप्तान केएल राहुलले ३३ बलमा २९ रन बनाए भने क्रुणाल पाण्ड्याले २१ बलमा २४ रनको इनिङ खेले ।
हैदरावादका भुवनेश्वर कुमारले २ तथा प्याट कमिन्सले १ विकेट लिए ।
हैदरावाद १२ खेलबाट १४ अंक जोडेर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स १६–१६ अंकका साथ पहिलो र दोस्रो स्थानमा छन् ।
चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र पराजित लखनउ गर्दै क्रमशः १६ अंकका साथ चौथो, पाँचौं र छैटौं स्थानमा छन् । चेन्नई र दिल्लीले ११/११ खेल खेलेका छन् भने लखनउले १२ खेल खेलेको छ ।
आईपीएलमा बिहीबार हुने खेलमा पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दैछन् ।
March 10, 2025
एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]
March 10, 2025
एजेन्सी – भारतले आइतवार च्याम्पियन्स ट्रफी जितेको छ। च्याम्पियन्स ट्रफीको उपाधि उचाल्नु अघि नै भारतीय क्रिकेट टोलीका खेलाडीले विशेष रुपमा डिजाइन गरिएको सेतो ब्लेजर लगाइसकेका थियो। त्यसले पनि क्रिकेट प्रेमीको ध्यान तान्ने नै भयो। ट्रफी वितरण समारोहअघि नै भारतीय टोलीका खेलाडीले छातीको खल्तीमा च्याम्पियन्स ट्रफीको लोगो भएको ब्लेजर लगाएका थिए। विजेता टोलीले यो ब्लेजर आजीवन […]
March 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]