default_image

10 months ago

May 9, 2024

‘२०१४ को टि२० विश्वकप गाउँमा परिवारसँगै हेरेको थिएँ’ – कप्तान रोहित

1672 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले मध्यक्रमका भरपर्दा ब्याटर रोहित पौडेलको कप्तानीमा आइसीसी टि२० विश्वकप २०२४ खेल्दैछ ।

गत वर्ष नेपाल क्रिकेट संघ (क्यान) ले मोन्टि देशाइलाई प्रशिक्षक नियुक्त गरेसँगै रोहित पौडेल कप्तान नियुक्त भएका थिए । प्रशिक्षक देशाइ र कप्तान रोहितले नयाँ जिम्मेवारीमा नेपाललाई उत्कृष्ट सुरुवात दिलाउँदै अविश्वसनीय नतिजा निकालेका थिए ।

लिग-२ को अन्तिम १२ मध्य ११ खेल जित्दै टोलीले ओडीआई मान्यता मात्र जोगाएन विश्वकप छनोट पनि खेल्न पायो । त्यसपछि एसीसी प्रिमियर कपको उपाधि जित्दै टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग पनि खेल्यो ।

रोहितले नेतृत्व लिएसँगै आफ्नो प्रदर्शनमा पनि सुधार गरेका छन् । टोलीको ब्याटिङ क्रममा पनि माथि उक्लिएका उनी वर्तमान समय करिअरकै उत्कृष्ट लयमा छन् ।

टि२० विश्वकप खेल्न जानुअघि कप्तान रोहितसँग हामीले गरेको केही रमाइला प्रश्न र त्यसमा उनको उत्तर जस्ताको तस्तै:

सन् २०१४ को विश्वकपको दौरान के गर्दै हुनुहुन्थ्यो?

  • म घरमा बसेर खेल हेरिरहेको थिएँ । पूरै गाउँ पनि मसँगै खेल हेरिरहेको थियो । त्यतिबेलाको उत्साह फरक थियो । त्यो समय र यो यात्रा एकदम प्रेरणादायी भएको अनुभूति हुन्छ । त्योबेला घरको सबै एकै ठाउँ बसेर टिभी हेरिरहेका थियौं ।

हालसम्म आफ्नो क्रिकेट करिअरको उत्कृष्ट क्षण कुन हो?

  • ओडीआई मान्यता पाएको, एसिया कप खेलेको र अब चाहिं विश्वकप हुन्छ जस्तो लाग्छ ।

जर्सी नम्बर १७ नै लगाउनुको कारण?

  • त्यस्तो यहि नै भन्ने कारण छैन ।

तपाईंको विचारमा यसपटक विश्वकपमा नेपालबाट स्टार खेलाडी को हुन्छ?

यो प्रश्न र अन्य सबै उत्तर भिडियोमा हेर्नुहोस:

March 10, 2025

च्याम्पियन्स ट्रफी -आयोजक पाकिस्तान, उपस्थिति शुन्य

एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]

March 10, 2025

च्याम्पियन्स ट्रफी विजेता टोलीले सेतो ब्लेजर किन लगाउँछ?

एजेन्सी – भारतले आइतवार च्याम्पियन्स ट्रफी जितेको छ। च्याम्पियन्स ट्रफीको‌ उपाधि उचाल्नु अघि नै भारतीय क्रिकेट टोलीका खेलाडीले विशेष रुपमा डिजाइन गरिएको सेतो ब्लेजर लगाइसकेका थियो। त्यसले पनि  क्रिकेट प्रेमीको ध्यान तान्ने नै भयो।  ट्रफी वितरण समारोहअघि नै भारतीय टोलीका खेलाडीले छातीको खल्तीमा च्याम्पियन्स ट्रफीको लोगो भएको ब्लेजर लगाएका थिए। विजेता टोलीले यो ब्लेजर आजीवन […]

March 10, 2025

वुमेन्स डे क्रिकेट – नेपाल र हङकङ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ ‌ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]

Success

Thank you for your time.