10 months ago
May 8, 2024
एजेन्सी – दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ ।
दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय १ रन मात्र बनाउन सक्यो ।
राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले ४६ बलमा ८ चौका र ६ छक्का सहित ८६ रन बनाएपनि हार टार्न सकेनन् । राजस्थानका लागि दोस्रो ठूलो स्कोर रियान परागले बनाएको २७ रन रहेको थियो ।
दिल्लीको जितमा खलिल अहमद, मुकेश कुमार र कुलदीप यादवले २-२ विकेट लिए भने अक्षर पटेल र रशिख सलामले १-१ विकेट लिए ।
त्यसअघि घरेलु मैदान अरुण जेट्ली स्टेडियममा टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २ सय २१ रन जोड्यो । दिल्लीका लागि ओपनर अभिषेक पोरेलले ३६ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ६५ रन बनाए । अर्का ओपनरले २० बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ५० रन जोडे ।
ट्रिस्टन स्टब्सले २० बलमा समान ३ चौका र ३ छक्का सहित ४१ रन बनाए ।
राजस्थानका रविचन्द्रण आश्विनले ३ विकेट लिँदा ट्रेन्ट बोल्ट, सन्दिप शर्मा र युजभेन्द्र चहलले १-१ विकेट लिए ।
जित पछि १२ खेलमा १२ अंक सहित दिल्ली पाँचौं स्थानमा उक्लिएको छ । राजस्थान ११ खेलमा १६ अंक सहित दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको कोलकत्ताको ११ खेलमा १६ अंक नै रहेको छ । तेस्रो स्थानमा आसिन चेन्नाई, चौथो स्थानको हैदराबाद र छैठौं स्थानको लखनऊको समान ११ खेलमा समान १२ अंक नै रहेको छ ।
आईपिएलना बुधवार हुने एकमात्र खेलमा सनराईजर्स हैदराबाद र लखनऊ सुपर जाएन्ट्स भिड्ने छन् ।
March 10, 2025
एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]
March 10, 2025
एजेन्सी – भारतले आइतवार च्याम्पियन्स ट्रफी जितेको छ। च्याम्पियन्स ट्रफीको उपाधि उचाल्नु अघि नै भारतीय क्रिकेट टोलीका खेलाडीले विशेष रुपमा डिजाइन गरिएको सेतो ब्लेजर लगाइसकेका थियो। त्यसले पनि क्रिकेट प्रेमीको ध्यान तान्ने नै भयो। ट्रफी वितरण समारोहअघि नै भारतीय टोलीका खेलाडीले छातीको खल्तीमा च्याम्पियन्स ट्रफीको लोगो भएको ब्लेजर लगाएका थिए। विजेता टोलीले यो ब्लेजर आजीवन […]
March 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]