10 months ago
May 5, 2024
एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो ।
चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा सर्वाधिक ३० रन बनाए । यस्तै शशांक सिंहले २० बलमा २७ रन जोडे । हरपृत ब्रारले १७ रन बनाउँदा राहुल चहरले १६ रन बनाए ।
चेन्नाईको जितमा रविन्द्र जडेजाले तीन विकेट लिए । यस्तै तुशार देशपाण्डे र सिमरजित सिंहले २-२ विकेट लिए भने मिचेल स्यान्टनर र शार्दुल ठाकुरले १-१ विकेट लिए ।
त्यसअघि धर्मशालामा टस हारेर ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६७ रन बनायो । चेन्नाईका लागि रवीन्द्र जडेजाले २६ बलमा सर्वाधिक ४३ रन बनाए । ओपनर तथा कल्याण रुतुराज गाइक्वाडले ३२ तथा ड्यारिल मिचेलले ३० रन जोडे । मोइन अलि र शार्दुल ठाकुरले समान १७ रन बनाए ।
पञ्जावका लागि राहुल चहर र हर्शल पटेलले समान ३-३ विकेट लिए । अर्शदिप सिंहले २ तथा स्याम करनले १ विकेट लिए ।
जितपछि चेन्नाई ११ खेलमा १२ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ । पराजित पञ्जाब भने ११ खेलमा ८ अंक सहित आठौ स्थानमा छ ।
आईपिएल अन्तर्गत दिनको दोस्रो खेलमा कोलकत्ता नाईट राइडर्स र लखनउ सुपर जाएन्ट्स भिड्दै छन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो। भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती […]