10 months ago
May 4, 2024
एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो ।
कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम डेभिडले २० बलमा २४ रन जोडे । अन्य ब्याटर भने चल्न सकेनन् ।
कोलकत्ताका लागि मिचेल स्टार्क एक्लैले ४ विकेट लिए । यस्तै वरुण चक्रवर्ती, सुनिल नरिन र आन्द्रे रसेलले समान २-२ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको कोलकत्ता लब्ज १९.५ ओभरमा अलआउट हुदै १६९ बनायो । कोलकत्ता भेन्कटेश ऐयरले ५२ बलमा ६ चौका र ३ छक्का सहित सर्वधिक ७० रन बनाए । मनिष पाण्डेले ३१ बलमा ४१ रन जोडे । कोलकत्ताको पनि अन्य ब्याटरले उल्लेखनिय प्रदर्शन भने गर्न सकेनन् ।
मुम्बईका नुवान थुसरा र जस्पृत बुम्राहले समान ३-३ विकेट लिए भने हार्दिक पन्ड्याले २ तथा पियुस चावलाले १ विकेट लिए ।
जित लागि कोलकत्ता १० खेलमा १४ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बई भने ११ खेलमा ६ अंक सहित नवौं छ ।
आईपिएलमा भोलि हुने खेलमा रोयल च्यालेन्जर्स बेंगलूरु र गुजरात टाईटन्स भिड्ने छन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो। भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती […]