10 months ago
May 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् ।
नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती टोलीमा परेका छन् ।
दुई पटकको विजेता वेस्ट इन्डिजको कप्तानी रोभमन पावेलले गर्ने छन् । उदयमान तिब्र गतिका बलर शमार जोसेफ पनि अटाएका छन् ।
यस्तै इंडियन प्रिमियर लिग (आईपिएल) मा सामेल ९ खेलाडी टोलीमा परेका छन् । शमार सहित पावेल, अल्जारी जोसेफ, शिम्रोन हेटमायर, साई होप, निकोलस पुरन, आन्द्रे रसेल, रोमारियो शेफर्ड र शरफेन रदरफोर्ड आईपिएल खेलिरहेका छन् । लखनउ सुपर जाएन्ट्समा रहेका काइल मायर्स भने १५ जनाको टोलीमा परेनन् ।
विश्वकप जुन १ देखि २९ सम्म वेस्ट इन्डिज र अमेरिकामा हुँदैछ । वेस्ट इन्डिज रहेको समय सि मा न्यूजिल्यान्ड, अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी रहेका छन् ।
वेस्ट इन्डिज टोली:
रोभमन पावेल (कप्तान), अल्जारी जोसेफ (उपकप्तान), जोन्सन चार्ल्स, सिमरन हेटमायर, जेसन होल्डर, साई होप, अकिल होसेन, शमार जोसेफ, ब्राण्डन किंग, गुडकेश मोति, निकोलास पुरन, आन्द्रे रसेल, रोमारियो शेफर्ड र शरफेन रदरफोर्ड
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो। भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती […]