10 months ago
May 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना सुरु हुने आइसीसी टि२० विश्वकप २०२४ का लागि घोषणा गरेको अन्तिम टोलीमा परेसँगै सोमपाल कामी नेपालबाट दुई विश्वकप खेल्ने एक्लो खेलाडी बन्ने भएका छन् ।
सन् २०१४ मा बंगलादेशमा सम्पन्न टि२० विश्वकपमा सोमपालले नेपालको प्रतिनिधित्व गरेका थिए । त्यसबेला टोलीको सबैभन्दा कान्छो सदस्य रहेका उनी यसपटक सबैभन्दा अनुभवी खेलाडीको भूमिकामा रहनेछन् । सोमपाल अहिले पनि टोलीको मुख्य बलरको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
नेपालले आफ्नो क्रिकेट इतिहासको पहिलो टि२० अन्तर्राष्ट्रिय खेल २०१४ को विश्वकपमा हङकङविरुद्ध नै खेलेको थियो । त्यस खेलमा सोमपालले ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिएका थिए । नेपालले विश्वकपको पहिलो खेलमै जित दर्ता गर्दै इतिहास समेत रचेको थियो ।
हालसम्म नेपालले ८५ टि२०आई खेल खेल्दा सोमपालले त्यसमध्य ६५ खेल खेलेका छन् । यसबीचमा चोटका कारण सोमपाल केही समय टोलीबाहिर पनि रहे । सन् २०२२ को विश्वकप छनोट नै गुमाएका उनले त्यसयता भने नियमित खेलिरहेका छन् ।
सोमपालले ६५ खेलमा ५८ विकेट लिएका छन् । स्ट्राइक बलरको भूमिकामा रहेका उनले पावरप्लेमा बलिङ गरेपनि इकोनोमी रेट भने ७.१९ मा सिमित राखेका छन् । ब्याटिङतर्फ पनि उनले ३८ इनिङ खेल्दै ३ सय १५ रन जोडेका छन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो। भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती […]