10 months ago
April 30, 2024
एजेन्सी – इंडियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार लखनऊ सुपर जाएन्ट्स विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा लखनऊले मुम्बई इंडियन्स माथि ४ विकेटको जित दर्ता गरेको हो ।
मुम्बईले दिएको १ सय ४५ रनको लक्ष्य लखनऊले १९.२ ओभरमा ६ विकेट गुमाएर भेटायो ।
अन्तिम तिर लखनऊका लागि केही कठिन देखिएको खेलमा मुम्बईले राम्रो बलिङ प्रदर्शन गरेको थियो । तर अन्त्यमा लखनऊ विजयी भयो ।
लखनऊको जितमा मार्कस स्टोइनिसले ४५ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ६५ रन बनाए । यस्तै कप्तान केएल राहुलले २२ बलमा २८ रन जोडे । दीपक हुड्डाले १८ रन बनाए । निकोलास पुरन १४ रनमा नटआउट रहे ।
मुम्बईका लागि हार्दिक पान्ड्याले २ विकेट , नुवान थुसरा, मोहम्मद नबी र जेराल्ड काेट्जीएले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन जोड्यो । मुम्बईका लागि नेहल वाधेराले ४१ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४६ रन जोडे । यस्तै टिम डेभिडले १८ बलमा ३६ रन जोडे ।
ओपनर ईशन किसनले ३२ रन बनाए । अन्य ब्याटरले उल्लखनिय प्रदर्शन गर्न सकेनन् । कप्तान हार्दिक पान्ड्या शून्यमा आउट भएका थिए भने रोहित शर्माले ४ रन मात्र बनाए ।
लखनऊका लागि मोहसिन खानले २ विकेट, मार्कस स्टोइनिस, नभिन उल हक, मयंक यादव र रवि विश्ननोइले समान १ विकेट लिए ।
जित पछि लखनऊ १० खेलमा १२ अंक सहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित मुम्बई ९ खेलमा ६ अंक सहित नवौं स्थानमा छ ।आइपिएलमा बुधबार चेन्नाई सुपर किंग्स र पञ्जाब किंग्स भिड्ने छन् ।
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]