default_image

10 months ago

April 30, 2024

दक्षिण अफ्रिकाद्वारा टी–२० विश्वकपका लागि टोली घोषणा

2527 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी टि-२० विश्वकप २०२४ मा नेपाल रहेकै समूह डी मा रहेको दक्षिण अफ्रिकाले आफ्नो स्क्वाड सार्वजनिक गरेको छ । क्रिकेट दक्षिण अफ्रीकाले दुई जना वैकल्पिक खेलाडी सहित १५ सदस्सिय टोलीको घोषणा गरेको हो ।   

कप्तान एडेन मार्क्रमले पहिलो पटक आईसीसी प्रतियोगितामा दक्षिण अफ्रिकाको नेतृत्व गर्नेछन् । हालै क्रिकेट दक्षिण अफ्रिकाको केन्द्रीय सेन्ट्रल कन्ट्र्याक्टबाट बाहिरिएका एनरिच नोर्टजे र क्विन्टन डी कक पनि टोलीमा समावेश भएका छन् । नोर्टजे चोटका कारण सेप्टेम्बर २०२३ देखि अन्तर्राष्ट्रिय खेलबाट बाहिर छन् भने डी ककले २०२२ मा टेस्ट क्रिकेटलाई बिदाइ गरिसकेपछि २०२३ विश्वकप पश्चात एकदिवसीय खेलबाट सन्यासको घोषणा गरेका थिए।

भर्खरै सम्पन्न एसए२० प्रतियोगितामा उल्लेखनीय प्रदर्शन गरेका रायन रिकल्टन र ओट्नियल बार्ट्म्यान पहिलो पटक टोलीमा समावेश भएका छन् । रिकल्टनले एमआई केप टाउनका लागि ५८.८८ को औसत र १७३.७७ को स्ट्राइक रेटमा ५३० रन र बार्ट्म्यानले डिफेन्डिङ च्याम्पियन सनराइजर्स इस्टर्न केपका लागि आठ खेलमा १८ विकेट लिएका थिए ।

मार्क्रम, डी कक, रीजा हेन्ड्रिक्स, हेनरिक क्लासेन, डेभिड मिलर र धेरै आशा बोकेका ब्याटर ट्रिस्टन स्टब्सले ब्याटिङको जिम्मेवारी लिनेछन् । पेस बलिङको नेतृत्व कागिसो रबाडा र नोर्टजेले मार्को जेन्सेन र जेराल्ड कोट्जीको सहयोगमा गर्नेछन् भने ब्योर्न फोर्टुइन, केशव महाराज र तबरेज शम्सी स्पिनर रहेका छन् ।

दक्षिण अफ्रिका विश्वकपको समूह डी मा नेपाल, बंगलादेश, नेदरल्यान्ड्स र श्रीलंका संगै रहेको छ । 

दक्षिण अफ्रिकाको टोली: एडेन मार्क्रम (कप्तान), ओटनियल बार्ट्म्यान, जेराल्ड कोट्जी, क्विन्टन डी कक, ब्योर्न फोर्टुइन, रीजा हेन्ड्रिक्स, मार्को जेन्सन, हेनरिक क्लासेन, केशव महाराज, डेभिड मिलर, एनरिक नोर्टजे, कागिसो रबाडा, र्यान रिकेल्टन, तब्राज शम्शी, ट्रिस्टन स्टब्स

वैकल्पिक: नान्द्रे बर्गर र लुंगी एनगिडी

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

March 10, 2025

पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]

March 10, 2025

किरणको शतकमा सुदुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]

Success

Thank you for your time.