11 months ago
April 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो।
लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले २८ रन र विपिन रावतले २३ रन बनाउनु बाहेक अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । यी दुई बाहेक दीपेन्द्र रावतले मात्र दोहोरो अंक छुन सके । अन्य ब्याटर एकल अंकमा आउट हुन पुगे ।
लुम्बिनीको जितमा अभिषेक गौतम एक्लैले ५ विकेट लिए । यस्तै नर सार्कीले २ तथा देव खनाल र निर्मल गुरुङले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १६ रन बनायो । लुम्बिनीका लागि म्रिनाल गुरुङले ३० बलमा ३ चौका सहित सर्वाधिक २७ रन बनाए । यस्तै विराट भण्डारीले २३ बलमा २६ रन जोडे । कृष्ण कार्कीले २२ रन बनाए । अन्य ब्याटरले दोहोरो अङ्क छुन सकेनन् ।
कर्णालीका लागि युनिस ठकुरीले ३ विकेट लिए । दिनेश अधिकारी र दिवन पुनले २-२ विकेट तथा प्रकाश जैसीले १ विकेट लिए ।
लिग चरणमा लुम्बिनी, कर्णाली र बागमती प्रदेशले समान ८ अंक जोडेका थिए । नेट रनरेटका आधारमा लुम्बिनी शीर्षस्थानमा र कर्णाली दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका थिए ।
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]