10 months ago
April 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध सिरिजको पहिलो खेलमा टस जितेको छ ।
नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका हुन् । वेस्ट इन्डिज ए ले पहिलो ब्याटिङ गर्नेछ ।
नेपालले प्रिमियर कपको तेस्रो स्थानका लागि खेलेको टोलीमा ४ परिवर्तन गरेको छ । अनिल कुमार शाह, विवेक यादव, प्रतिश जिसी र कमल सिंह ऐरी टोलीमा आएका छन् ।
नेपालको टोली :
कुशल भुर्तेल, अनिल कुमार शाह, रोहित कुमार पौडेल, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, ललित नारायण राजवंशी र अभिनाश बोहोरा
वेस्ट इन्डिज ए :
जोन्सन चार्ल्स, अलिक अथान्जे, आन्द्रे फ्लेचर, रोस्टन चेज, केसी कार्टि, किमो पल, कडीम एलेन, म्याथ्यु फोर्ड, गुडाकेश मोती, ओबेद मकोए, ओशेन थोमस
February 8, 2025
काटमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनको सहयोगमा फ्रेन्ड्स युथ क्लब डडेलधुरा धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा शनिवार न्यु होराइजन बुटवललाई ५ विकेटले हराउँदै डडेलधुरा फाइनल पुगेको गहो । डडेलधुराले उपाधिका लागि सोमवार डिसीए धनगढी र सिवाईसी अत्तरिया मध्ये एकसँग फाइनल हुनेछ । ८३ रनको सामान्य […]
February 7, 2025
सुमन अधिकारी,बुटवल लुम्बिनी खुकुरी क्लब जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । सेमिफाइनल खेलमा शुक्रवार तिरुपति क्रिकेट क्लबलाई ३० रनले पराजित गर्दै खुकुरीले फाइनलको यात्रा तय गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा २ सय ३४ रनको बलियो योगफल खडा […]
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । लिग चरणको अन्तिम खेल शुक्रवार सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । प्रतियोगिताको सातौं दिन भएको समुह ‘बी’ अन्तर्गत भएको लिग चरणको अन्तिम खेलमा सिवाइसी अत्तरियाले न्यु होराइजन बुटवललाई ७८ रनले हरायो । यो जितसँग अत्तरिया समुह […]