11 months ago
April 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिमसँग ३ विकेटले पराजित हुँदा बागमती प्रदेश रन रेटको आधारमा वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपको लिग चरणबाट बाहिरिएको छ।
जितले बागमती अंक तालिकाको शीर्षस्थानमा रहँदै फाइनलमा पुग्ने थियो। तर हारले रन रेटको आधारमा बाहिरिएको हो। बागमतीको हारमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश फाइनलमा प्रवेश गर्न सफल भएका छन्।
कम स्कोरको प्रतिस्पर्धामा जितको लागि ७१ रनको विजय लक्ष्य पूरा गर्न सुदूरपश्चिमले पनि ७ विकेट गुमायो। १०.२ ओभरमा ७३ रन बनाउँदै सुदूरपश्चिमले बागमतीलाई माथ दिएको हो।
गजेन्द्र बोहरा र वसन्त खत्रीले १७/१७ रन जोड्दा नरेन साउदले १० रन बनाए। बलिङमा इशान पाण्डेले ३ र रिजन ढकालले २ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले अत्यन्त खराब ब्याटिङ गर्दा १९.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र ७० रन बनायो। दशौं क्रमका सोनु देवकोटाले ३५ रन बनाउँदा अन्य कसैले पनि दोहोरो रन जोड्न सकेनन्।
बागमतीलाई ७० रनको लज्जास्पद योगफलमा रोक्न भोज राज भट्टले ४ ओभर बलिङ गर्दै १ मेडम सहित मात्र १२ रन खर्चेर ४ विकेट लिए। हेमन्त धामीले ३ विकेट आफ्नो नाममा लेखाए।
लुम्बिनी, कर्णाली र बागमती प्रदेशले समान ८/८ अंक जोडे। रन रेटमा लुम्बिनी शीर्षस्थानमा र कर्णाली दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका छन्।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]