default_image

11 months ago

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

795 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल शुन्यमा आउट भए। यसपछि विपिन शाहीले १२ बलमा ७ चौका र १ छक्का सहित ३८ रनको योगदान दिए। यस्तै मनिष थापाले २७ रन जोड्दा अर्जुन घर्तीले २५ रन बनाए। बलिङमा दीपेश कँडेल र श्रवण यादवले समान २ विकेट लिए।

यसअघि कोशी प्रदेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ९३ रन मात्र जोड्यो। उसको लागि ओपनर मिनाष थापाले ३५ रन, दिपेश कँडेलले २३ रन र सौजन घिमिरे १८ रन बनाए। यसबाहेक अन्यले दोहोरो रन छुन सकेनन् । कोशीलाई सस्तैमा समेट्न दीपेन्द्र रावत र प्रकाश जैसीले ३/३ विकेट लिंदा दिनेश अधिकारीले २ विकेट लिए।

कर्णालीले लिगको ६ खेलमा ४ जित सहित ८ अंक बनाएको छ। कोशीको भने यो लगातार छैटौं हार हो। अब बागमती र सुदूरबीचको खेलले फाइनल पुग्ने दुई टिमको निर्णय हुनेछ।

बागमती, लुम्बिनी, कर्णाली र मधेश ८/८ अंक बनाएका छन्। सुदुर, गण्डकी र कोशी भने बाहिरिसकेका छन्।

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

March 10, 2025

पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]

Success

Thank you for your time.