11 months ago
April 24, 2024
एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ ।
२ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए ।
डेभिडले २३ बलमा ६ चौका र ३ चौकामा ५५ रन जोडे । ओपनर ऋदिमन शाहले ३९, साइ किशोरेले १३ र रसिद खानले नटआउट २१ रन बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
दिल्लीका रसिक सलमानले ३, कुलदिप यादवले २ तथा एनरिच नोर्टजे, मुकेशकुमार र अक्षर पटेलले समान १ विकेट लिएका थिए ।
त्यसअघि टस हारेर ब्याटिङको आमन्त्रण पाएको दिल्लीका कप्तान ऋषभ पन्त र अक्षर पटेलको अर्धशतकसँगै २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो ।
४३ बल खलेका ऋषभले ८ छक्का र ५ चौकाको मद्दतमा नटआउट ८८ रन बने । उनलाई ट्रिस्टन स्टुब्सले नटआउट २६ रन जोडे । अक्षरले ४३ बलमा ५ चौका र ४ चौकाको मद्दतमा ६६ रन बनाए । ओपनर पृथ्वी शाहले ११ र अर्का ओपन ज्याक फ्रासरले २३ रन जोडे ।
गुजरातका सन्दीप वारियरले ३ ओभरमा १५ रन खर्चेर ३ विकेट र नुर अहमदले १ विकेट लिए । समान ९ खेलमा ८ अंक जोडेका दिल्ली छैटौं र गुजरात सातौं स्थानमा छ । शीर्षस्थानको राजस्थान रोयल्सको १४ अंक छ । आइपिएलमा बिहीबार सनराइर्ज हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरुबीच प्रतिस्पर्धा हुनेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]