11 months ago
April 24, 2024
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ ।
आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आइसीसीले राखेको छ । उनले अर्को साता विश्वकपको आधिकारिक गान सार्वजनिक गर्ने कार्यक्रममा पनि उपस्थिति जनाउनेछन् ।
बोल्टले सन् २०१६ मा तेस्रो पटक स्वर्ण पदक जित्दै लगातार तीन ओलम्पिकमा स्वर्ण जित्ने कीर्तिमान बनाएका थिए । यसबाहेक उनी हाल १ सय मिटर, २ सय मिटर र ४१ सय मिटर दौडको विश्व कीर्तिमानधारी खेलाडी समेत हुन् ।
बोल्टले विश्वकप दौरान वेस्ट इन्डिजमा हुने खेलहरु अवलोकन गर्ने तथा अमेरिकामा विभिन्न समर्थक लक्षित कार्यक्रममा सहभागिता जनाउनेछन् ।
बोल्टले क्रिकेटले सधैं आफ्नो जीवनमा विशेष ठाउँ राखेको र विश्वकपमा वेस्ट इन्डिजको समर्थन गर्न उत्साहित रहेको बताए । उनले सन् २०२८ मा लस एन्जेलस ओलम्पिक हुन लागेकाले अमेरिकामा क्रिकेटको प्रचार गर्न यो सही समय रहेको पनि बताए ।
आइसीसीका प्रमुख कार्यकारी अधिकृत जिओफ एलार्डाइसले बोल्टजस्ता विश्वचर्चित खेलाडीलाई विश्वकपमा आवद्ध गर्दा नयाँ युगमा पुग्न सहज हुने विश्वास व्यक्त गरे ।
टि२० विश्वकप जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । २० राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल पनि रहेको छ । नेपाल रहेको समूह डी मा नेदरल्यान्ड्स, बंगलादेश, श्रीलंका र दक्षिण अफ्रीका छन् । नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा खेल्नेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]