default_image

11 months ago

April 23, 2024

स्टोइन्सको शतकमा चेन्नईमाथि लखनउको जित

3593 views

0 Bookmark

एजेन्सी – मार्कुस स्टोइन्सको सानदार शतकसहित लखनउ सुपर जाइन्ट्ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदै २ सय १३ जोडेर जित निकालेको हो ।

स्टोइन्सले ६३ बल खेल्दै १३ चौका र ६ छक्काको मद्दतमा नटआउट १ सय २४ रन बनाउँदै टोलीलाई जित दिलाएका थिए । उनलाई अन्य ब्याटरले राम्रो साथ दिएका थिए ।

निकोलस पोरनले ३४, दीपक हुड्डाले नकआउट १७ रन, कप्तान केएल राहुलले १६ र देवदत्त पडिकलले १३ रन बनाएका थिए । चेन्नईका मथिसा पथिरानाले २, दीपक चहर र मुस्ताफिजुर रहमानले समान १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको आमन्त्रण पाएको चेन्नईले कप्तान रितुराज गायकवाडको शतकको मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो । गायकवाडले नटआउट रहँदै १ सय ८ रन बनाए । ६० बल खेलेका उनले १२ चौका र ३ छक्का प्रहार गरे ।

शिवम दुवेले अर्धशतक बनाए । रनआउट हुनुअघि शिवमले २७ बलमा ७ छौंका र ३ चोका साथ ६६ रन बनाए । रविन्द्र जडेजाले १६ र ड्रेल मिचेलले ११ रन जाडेका थिए ।

महेन्द्रसिंह धोनीले १ बलमा नकआउट १ चौका प्रहार गरे । लखनउका लागि म्याट हेनरी, मोसिन खान र यश ठाकुरले समान १ विकेट लिए ।

लखनउ ८ खेलमा ५ जित र ३ हारका साथ १० अंकसहित चौथो स्थानमा उक्लेको छ । दोस्रो स्थानको कोलकाता नाइट राइडर्स र तेस्रो स्थानका सनराइजर्स हैदरावादको पनि समान १० अंक छ ।

८ अंकका साथ चेन्नई पाँचौं स्थानमा छ । शीर्षस्थानको राजस्थान रोयल्सको १४ अंक छ । आइपिएलमा बुधबार दिल्ली क्यापिटल्स र गुजराज टाइटेन्सबीच प्रतिस्पर्धा हुनेछ ।

March 11, 2025

आइजिपी कप क्रिकेट सुरु हुँदै, इण्डोर क्रिकेट मैदानको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

Success

Thank you for your time.