11 months ago
April 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कम योगफलको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ विकेटले हराउँदै वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा तेस्रो जित हासिल गरेको छ।
९१ रनको सहज लक्ष्य मधेशले १७ .१ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। लक्ष्य सहज थियो। तर मधेशले यो सामान्य लक्ष्य पुरा गर्न ८ विकेट गुमायो। ओपनर साहिल पटेल ११ रनमा आउट भए। यसपछि निरन्तर विकेट झर्यो।
म्यान यादव २ रनमा तथा त्यसपछि कप्तान राहुल मण्डल, अरनिको यादव र विशाल सुश्लिङ्ग शुन्यमा आउट भए। टोलीले ५ विकेट गुमाउँदा मात्र १८ रन बनाएको थियो। लगतै प्रदीप पासवान पनि १ रनमा पबिलियन फर्केपछि मधेशले निकै संघर्ष गर्यो।
यसपछि ओपनर रोहन विकेलाई आठौं क्रमका विशाल पटेललेसाथ दिए। उनीहरूले सातौं विकेटको लागि ५९ रनको साझेदारी गर्दै मधेशलाई जिततर्फ डोर्याए। विशालले २५ बल खेल्दै ५ चौका सहित सर्वाधिक ३७ रन जोडे। यस्तै रोहन अविजित ३१ रनमा रहे।
बलिङमा श्रवण यादवले ४ र दीपेश कँडेलले ३ विकेट लिएपनि टिमलाई जित दिलाउन सकेनन्। श्रवणले ४ ओभर बलिङ गर्दै १ मेडन सहित ४ विकेट लिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको कोशीले २० ओभरमा ९ विकेट गुमाउँदै ९० रन बनाएको थियो। उसको लागि समिर कार्कीले सर्वाधिक २८ र श्रवण यादवले २७ रन जोडे। त्अनमय कुनैपनि खेलाडी क्रिजमा टिक्न सकेनन्।
कोशीलाई ९० रनमा समेट्न विशाल पटेल, अभिषेक तिवारी, रञ्जित कुमार, प्रदीप पासवानले समान २ विकेट लिए। यो जितमा मधेशले ६ अंक बनाएको छ। कोशीको भने यो लगातार चौथो हार हो।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]