11 months ago
April 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – रविन्द्र शाही र विपिन रावलको शतकीय साझेदारीमा कर्णाली प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा गण्डकी प्रदेशलाई ५ रनको झिनो अन्तरमा हराएको छ।
कर्णालीको यो लगातार तेस्रो जित हो। उसको जितमा विपिनले ६८ रनको पारी खेले। गण्डकीका अर्जुन कुमालले ७० रन जोडे पनि टिमलाई हार बाट जोगाउन सकेनन्।
माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ६९ रनको लक्ष्य पछाएको गण्डकी २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६३ रनमा समेटियो।
अर्जुन र ईश्वर क्षेत्रीले पहिलो विकेटको लागि ५० रनको साझेदारी गरे। ईश्वर १२ रनमा आउट भए। लगतै दीपक डुम्रे १४ र रोशन गौतम २३रनमा आउट भए। क्रिजमा टिकिराखेका अर्जुनले अर्धशतकीय पारी खेले। ५५ बल खेल्दै ७ चौका र १ छक्का सहित ७० रन जोडेर रन आउट हुन पुगे।
यतिखेर गण्डकीले १ सय ३४ रन बनाइसकेको थियो। यसपछि गण्डकीलाई जितको लागि १८ बलमा ३५ रन बनाउनु थियो। जुन हुन सकेन। क्रिजमा कप्तान विपिन खत्री र सन्दीप क्षेत्री थिए।
१८औं ओभरमा मात्र ४ रन र १९ औं ओभरमा ९ रन बन्यो। अन्तिम ओभरमा जितको लागि २२ रन बनाउनुपर्ने थियो। जहाँ सन्दीपले एक छक्का, दुई चौका र र रन बटुलेर खेललाई रोमाञ्चक बनाए। उनले ५ बलको समाप्तीमा १६ रन बनाइसकेका थिए।
अन्तिम बलमा छक्का प्रहार गरे गण्डकीले जित हात पार्ने थियो। तर यो बलमा रन बन्न सकेन र गण्डकी ५ रनको हार बेहोर्न बाध्य भयो। बलिङमा दिवान पुन, दीपेन्द्र रावत र प्रकाश जैसीले समान १ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो।
रविन्द्र शाही र विपिन रावलको शतकीय साझेदारीमा कर्णालीले उत्कृष्ट सुरूवात गर्यो। यी दुईले पहिलो विकेटको लागि १ सय १ रनको साझेदारी गरे। रविन्द्र ३३ रनमा आउट भए।
अर्धशतक बनाएका विपिनले ६८ रनको पारी खेले। उनले ३३ बलको सामना गर्दै ४ चौका र ५ छक्का प्रहार गरे। दिनेश अधिकारी अविजित २९ रनमा रहदा अर्जुन घर्तीले २८ रन बनाए।
बलिङमा अमृत गुरूङले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेर ४ विकेट लिए। उनी बाहेक अन्यले विकेट लिन सकेनन। यो खेलमा कर्णालीका विपिन प्लेयर अफ दी म्याच बने।
प्रतियोगिताको सुरूवात कर्णालीले हारबाट गरेपनि सानदार कमब्याक गर्न सफल भएको छ। पहिलो खेलमा लुम्बिनीसँग ७ विकेटले हारेको थियो।
यसपछि लगातार तीन खेल जितेर अंक तालिकाको शीर्षस्थानमा रहेको लुम्बिनीले जतिकै समान ६ अंक बनाएको छ। ५ खेल खेलेको गण्डकीको भने यो चौथो हार हो। उसको मात्र २ अंक छ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]