default_image

11 months ago

April 21, 2024

कोलकत्तासँग आरसिबी १ रनले पराजित

1495 views

0 Bookmark

एजेन्सी – इंडियन प्रिमियर लिग (आइपिएल) मा आइतबारको पहिलो खेलमा कोलकत्ता नाइट राइडर्सले रोयल च्यालेनजर्स बेंगलूरु माथि रोमाञ्चक जित हात पारेको छ । कोलकत्ताले बेंगलूरुमाथि १ रनको जित दर्ता गरेको हो ।

कोलकत्ताले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको बेंगलूरुले २० ओभरमा सबै विकेट गुमाउँदै २ सय २१ रन बनाउन सक्यो ।

अन्तिम ओभरमा जितका लागि २१ रन चाहिएकोमा मिचेल स्टार्कको पहिलो ४ बलमा कर्न शर्माले ३ छक्का प्रहार गरे भने पाँचौं बलमा आउट हुन पुगे । अन्तिम बलमा ३ रन चाहिएको थियो तर लोकी फर्गुसन दोस्रो रन लिँदा रनआउट भएपछि बेंगलूरु हार बेहोर्न पुग्यो ।

बेंगलूरुका लागि विल ज्याक्सले ३२ बलमा ४ चौका र ५ छक्का सहित बनाएको ५५ रन सर्वाधिक रह्यो । यस्तै रजत पतिडरले २३ बलमा ३ चौका र ५ छक्का सहित ५२ रन जोडे । दिनेश कार्तिकले २५, स्याश प्रभुदेसाईले २४ तथा कर्न शर्माले २० रन जोडे । विराट कोहलीले १८ रन जोडे ।

कोलकत्ताका लागि आन्द्रे रसेलले ३, हर्षित राना र सुनिल नरिनले २-२ विकेट लिए । मिचेल स्टार्क र वरुण चक्रवर्तीले १-१ विकेट लिए ।

त्यसअघि कोलकत्ताको इडन गार्डेन्समा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको। कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २२ रन जोड्यो । कोलकत्ताका लागि कप्तान श्रेयस ऐयरले ३७ बलमा ५० रन जोडे । फिल साल्टले १४ बलमा ४८ रन सहित सानदार सुरुवात दिएका थिए । यस्तै आन्द्रे रसेलले २७ रन बनाउँदा रिन्कु सिंहले र रमनदिप सिंहले समान २४ रन जोडे ।

बेंगलूरुका लागि यश दयाल र क्यामरन ग्रीनले २-२ विकेट लिँदा मोहम्मद सिराज र लोकि फर्गुसनले १-१ विकेट लिए ।

जितपछि कोलकत्ता ७ खेलमा १० अंक सहित दोस्रो स्थानमा उक्लिएको छ । बेंगलूरु ८ खेलमा २ अंक सहित तालिकाको पुछारमा छ ।

March 11, 2025

आइजिपी कप क्रिकेट सुरु हुँदै, इण्डोर क्रिकेट मैदानको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

Success

Thank you for your time.