11 months ago
April 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)- क्लाउड फ्याक्ट्रीले सुपर एक्स कर्पोरेट प्रतियोगिताको उपाधि जितेको छ । आइतबार फाइनलमा आईएमई ग्रुपलाई १६ रनले पराजित गर्दै क्लाउड फ्याक्ट्रीले उपाधि जितेको हो।
एरो सोलुसन अन्तर्गत रहेको गेटसेटगेम कम्पनीले आयोजना गरेको प्रतियोगिताको फाइनलमा टस जितेर ब्याटिङ रोजेको क्लाउड फ्याक्ट्रीले तल्लो मुलपानी क्रिकेट मैदानमा निर्धारित १० ओभरमा २ विकेट गुमाई १ सय २३ रन बनायो ।
प्लेयर अफ द फाइनल सुरज शाहीले ५२ रन जोडे । सुवोध ढुंगेल ४५ रनमा नटआउट रहे । आईएमई ग्रुपका वृजन श्रेष्ठ र कप्तान अजित बगालेले १–१ विकेट लिए ।
जवाफमा आएको आईएमई ग्रुपले २ विकेट गुमाई १ सय ७ रनमात्र बनाउन सक्यो । अजिग बगालेले नटआउट ४३, आयुष राजोपाध्यायले २४ रन बनाए
सेमिफाइनलमा क्लाउड फ्याक्ट्रीले कर्मयोगलाई ३ रनले र आईएमईले केएफसीलाई ३ विकेटले पराजित गरेको थियो ।
क्लाउड फ्याक्ट्रीका सुवोध ढुंगेल प्लेयर अफ द सिरिजमा चुनिए । उनले नै वेस्ट बलर र केएफसीका गौतम शाहले वेस्ट ब्याटरको उपाधि पाए ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]