10 months ago
April 21, 2024
मस्कट (हाम्रो खेलकुद) – एसीसी प्रिमियर कपको उपाधि युएईले जितेको छ । अल अमेरात क्रिकेट मैदानमा भएको फाइनल खेलमा घरेलु टोली ओमान माथि ५५ रनको जित निकाल्दै युएई उपाधि सहित एशिया कप २०२५ का लागि छनोट भएको हो ।
युएईले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४९ रन मात्र बनाउन सक्यो । ओमानका लागि प्रतिक अथावालेले ३० बलमा ४ चौका र ३ छक्का सहित ४९ रन बनाए ।
खालिद कैलले २५ बलमा ४ चौका र १ छक्का सहित ३० रन बनाए । फयाज बट २३ रनमा नटआउट रहे । कप्तान जिशन मक्सुदले १४ तथा रफिउल्लाहले ११ रन जोडे । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
युएईका लागि जुनेद सिद्दिकीले ३ विकेट लिए भने मुहम्मद फरूक र आयन खानले २-२ विकेट लिए । बसील हमिदले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन जोड्यो ।
युएईका लागि कप्तान मुहम्मद वासिमले ५६ बलमा ६ चौका र ७ छक्का सहित १ सय रनको शतकीय इनिङ खेले । वासिमलाई बिलाल खानले क्याच आउट गराएका थिए । यस्तै आशिफ खानले १६ बलमा ३६ रनको विष्फोटक नटआउट इनिङ खेले ।
युएईका लागि वासिम र अर्का ओपनर आलिशान शराफुले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । सो साझेदारी ओमानका कप्तान जिशनले १०औ ओभरमा तोडेका थिए । पहिलो विकेटका रुपमा आलिशान २८ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाए ।
तेस्रो नम्बरमा आएका विष्णु सुकुमरणले १४ बलमा १८ रन बनाएर शकील अहमदको बलमा आउट भएका थिए । यस्तै बसिल हमिदले १ रन बनाउँदा अलि नसिर २ रनमा अविजित रहे । ओमानका लागि बिलाल खानले २ विकेट लिए भने शकिल अहमद र जिशन मक्सुदले समान १ विकेट लिए ।
यूएईले अन्तिम चारमा नेपाललाई हराएको थियो भने ओमानले हङकङ माथि जित निकाल्दै फाइनलमा आफ्नो स्थान तय गरेको थियो ।
यसबाहेक दुवै ओमान र यूएई इमर्जिङ कपमा छनोट भइसकेका छन् । हङकङले शनिबार तेस्रो स्थानको खेलमा नेपाललाई हराउँदै इमर्जिङ कपमा स्थान बनाएको थियो ।
February 9, 2025
एजेन्सी – ग्लेन फिलिप्सको शतक सहयोगमा न्युजिल्याण्ड पाकिस्तानमाथि फराकिलो जित हात पारेको छ । शनिवारबाट सुरु पाकिस्तान, न्युजिल्याण्ड र दक्षिण अफ्रिका सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली ७८ रनले पराजित भएको हो । न् ३ सय ३१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.५ ओभरमा २ सय ५२ रनमा समेटिएको थियो । त्यसअघि पाकिस्तानको लाहोरमा टस […]
February 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विश्व कप लिग टुमा शीर्ष स्थानको अमेरिकाले नामिबियालाई पराजित गरेको छ । अमेरिकाले शनिवार नामिबियालाई १ सय १४ रनको फराकिलो अन्तरले पराजित गर्यो । प्राविधिक कारण ढिला सुरु भएकोले खेल ४३ ओभरमा छोट्याइएको थियो । २ सय ९४ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.२ ओभरमा १ सय ७९ रनमा अल आउट भएको थियो […]
February 8, 2025
काटमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनको सहयोगमा फ्रेन्ड्स युथ क्लब डडेलधुरा धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा शनिवार न्यु होराइजन बुटवललाई ५ विकेटले हराउँदै डडेलधुरा फाइनल पुगेको गहो । डडेलधुराले उपाधिका लागि सोमवार डिसीए धनगढी र सिवाईसी अत्तरिया मध्ये एकसँग फाइनल हुनेछ । ८३ रनको सामान्य […]