default_image

11 months ago

April 21, 2024

फाइनलमा ओमानले टस जित्यो

651 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कपको फाइनलमा ओमानले यूएईविरुद्ध टस जितेको छ । अल अमेरत स्थिति ओमान क्रिकेट एकेडेमीको मैदानमा फाइनल ४:१५ बजे सुरु हुँदैछ ।

प्रतियोगितामा अपराजित ओमानका कप्तान जिशन मकसुदले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन् । ओमानले तीव्र गतिका बलर कालिमउल्लाहको स्थानमा शकिल अहमदलाई टोलीमा ल्याएको छ । यूएईले भने सेमिफाइनलमा नेपाललाई हराएको टोली नै उतारेको छ ।

प्रतियोगिताको विजेताले एसिया कपमा स्थान बनाउनेछ । यसबाहेक दुवै ओमान र यूएई इमर्जीङ कपमा छनोट भइसकेका छन् । हङकङले शनिबार तेस्रो स्थानको खेलमा नेपाललाई हराउँदै इमर्जीङ कपमा स्थान बनाएको थियो ।

ओमान:

कश्यप प्रजापति, नसिम खुसी, अकिब इल्यास, खालिद केल, जिशन मक्सुद, आयान खान, प्रतिक अथवले, रफी उल्लाह, शकिल अहमद, फयाज बट, बिलाल खान

यूएई :

मोहमद वासिम, आलिशान शराफु, विष्णु सुकुमारन, आसिफ खान, सायद हैदर, आयान खान, बसिल हमिद, अलि नासिर, मोहमद फारुक, ओमिद रहमद, जुनेद सिद्दिकी

March 11, 2025

आइजिपी कप क्रिकेट सुरु हुँदै, इण्डोर क्रिकेट मैदानको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

Success

Thank you for your time.