11 months ago
April 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई रोमाञ्चक खेलमा ३ रनले हराएको छ। सुदूरको यो लगातार दोस्रो जित हो। कोशीको भने यो लगातार तेस्रो हार हो।
जितको लागि १ सय ५४ रनको लक्ष्य पछाएको कोशी प्रदेश २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५१ रनमा समेटिदै ३ रनको झिनो अन्तरको हार बेहोर्न बाध्य भयो। टप अर्डरका खेलाडीहरूले राम्रो प्रदर्शन गर्न सकेनन्।
ओपनर मिनास थापाले ३४ रन बनाए। कप्तान अंकित सुवेदी १ रनमा, भुपाल दंगाल १२ रनमा, सुजन थपलिया ८ रनमा र समिर कार्की २२ रनमा आउट भए। यतिखेर ५ विकेट गुमाउँदा कोशीले ९८ जोडेको थियो।
त्यसपछि श्रवण यादव र दीपेश कँडेलले जिततर्फ डोर्याउने भरपुर कोशिस गरे। जुन प्रयाप्त हुन सकेन। पाँचौ विकेटको लागि यी दुईले ५३ रनको नटआउट साझेदारी गरे। अन्तिम ओभरमा जितको लागि १५ रन जरूरी थियो। अन्तिम ओभरको ५ बल सकिंदा दुई चौका सहित १० रन बनाएको थियो।
अन्तिम बलमा जितको लागि ५ रन जरूरी थियो। छक्का हान्ने दबाब दीपेशलाई थियो। तर उनले मात्र एक रन जोडे। यो सँगै कोशी ३ रनले पराजित हुन पुग्यो। श्रवण ४६ र दीपेश २१ रनमा नटआउट रहे। बलिङमा नारायण जोशीले २ विकेट लिए।
त्यसअघि माथिल्लो मुलपानी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५४ रनको स्कोर खडा गर्यो।
ओपनरद्वय अभिषेक पाल र गजेन्द्र बोहोराले पहिलो विकेटको लागि ५९ रनको साझेदारी गरे।
गजेन्द्र २९ रनमा अंकित सुवेदीको बलमा बोल्ड आउट भए। तर अर्का ओपनर अभिषेक क्रिजमा टिके। उनले अर्धशतकीय पारी खेले। उनले ४१ बल खेल्दै ५ चौका र ३ छक्का सहित टिमको लागि सर्वाधिक ६० रन जोडे। यसपछि दीपक बोहरा नटआउट ३२ रनमा क्रिजमा रहे।
बलिङमा अंकित सुवेदी र ज्ञानेन्द्र श्रेष्ठले समान २ विकेट लिए। दुवैले ४ ओभर बलिङ गरे भने अंकितले २२ र ज्ञानेन्द्रले ३५ रन खर्चिए।
३ खेल खेलेको सुदूरको यो दोस्रो जित हो। उसले ४ अंक बनाएको छ। लगातार तेस्रो खेलमा पराजित कोशीले अंकको खाता खोल्न सकेको छैन।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]