default_image

10 months ago

April 20, 2024

दिल्लीमाथि हैदरावादको सानदार जित

1998 views

0 Bookmark

एजेन्सी – विष्फोटक ब्याटिङ प्रदर्शन सहित सनराईजर्स हैदरावादले इंडियन प्रिमियर लिग (आइपिएल) मा शनिबार दिल्ली क्यापिटल्स माथि फराकिलो जित दर्ता गरेको छ । हैदरावादले दिल्लीमाथि उसैको मैदानमा ६७ रनको सानदार जित निकालेको हो।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले उत्कृष्ट ब्याटिङ सहित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६६ रनको विशाल योगफल खडा गरेको थियो । आइपिएल इतिहासको चौथो ठूलो योगफल खडा गर्ने क्रममा पावरप्लेको ६ ओभरमा १ सय २५ रन बनाएको थियो । ओपनर ट्राभिस हेड र अभिषेक शर्माको विष्फोटक सुरुवातले हैदरावादलाई बलियो स्थितिमा पुर्याएको थियो ।

हेडले ३२ बल खेल्दै ११ चौका र ६ छक्का सहित सर्वाधिक ८९ रन बनाएका थिए भने अभिषेकले १२ बलमा २ चौका र ६ छक्काको मद्दतमा ४६ रन बनाए । यस्तै शाहवाज अहमदले २९ बलमा २ चौका र ५ छक्का सहित नटआउट रहँदै ५९ रन जोडे । नितिश रेड्डीले २७ बलमा ३७ रनको योगदान गरे ।

दिल्लीका लागि कुलदीप यादवले ४ ओभरमा ५५ रन खर्चेर ४ विकेट लिएका थिए । यस्तै मुकेश कुमार र अक्षर पटेलले समान १ विकेट लिएका थिए ।

जवाफमा दिल्लीले १९.१ ओभरमा अलआउट हुदै १ सय ९९ रन जोड्यो । दिल्लीका लागि जेल फ्रेजर-मक्गर्कले १८ बलमा ५ चौका र ७ छक्का प्रहार गरेपनि टोलीलाई पार लगाउन सकेनन् । कप्तान ऋषभ पन्तले ३५ बलमा ४४ रन बनाए । अभिषेक पोरेलले २२ बलमा ४२ रन जोडे । पृथ्वी शाले १६ र ट्रिस्टन स्टब्सले १० रन बनाए ।

हैदरावादको जितमा नटराजनले ४ ओभरमा १ मेडन सहित १९ रन खर्चेर ४ विकेट लिए । यस्तै मयंक मार्कण्डे र नितिश रेड्डीले २-२ विकेट लिँदा वाशिंगटन सुन्दर र भुवनेश्वर कुमारले १-१ विकेट लिए ।

जित पछि हैदरावाद ७ खेलमा ५ जित सहित १० अंक बटुल्दै दोस्रो स्थानमा छ । दिल्ली ८ खेलमा ३ जित सहित ६ अंक बटुल्दै सातौं स्थानमा छ । शीर्षस्थानको राजस्थान रोयल्सको १२ अंक छ ।

आईपिएलमा आइतबार २ खेल हुँदैछन् । दिनको ३:४५ बजे हुने खेलमा कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलूरु तथा बेलुका ७:४५ बजे पञ्जाब किंग्स र गुजरात टाईटन्स भिड्ने छन् ।

February 9, 2025

क्रिकेट एक्सिलेन्स काठमाडौं च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) ले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि जितेको छ। ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई आइतवार १ सय ७ रनले पराजित गर्दै सिइसी काठमाडौं च्याम्पियन बनेको हो। २ सय ६२ रनको लक्ष्य पछ्याएको ग्रेट हिमालयले २६.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५४ रन […]

February 9, 2025

अर्जुन ट्रफी – सिआइसी अत्तरिया उपाधि नजिक

कैलाली (हाम्रो खेलकुद)- सिवाइसी अत्तरिया धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । डिसिए धनगढीलाई दोस्रो सेमिफाइनल आइतवार ६ विकेटले हराउँदै अत्तरिया उपाधि नजिक पुगेको हो ।अत्तरियाले फेण्ड्स क्लब डडेल्धुरासँग सोमवार फाइनल खेल्नेछ। फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा सवै विकेट क्षतिमा एक सय ८ रन […]

February 9, 2025

फिलिप्सको शतकमा न्युजिल्याण्डको विजयी सुरुवात

एजेन्सी – ग्लेन फिलिप्सको शतक सहयोगमा न्युजिल्याण्ड पाकिस्तानमाथि फराकिलो जित हात पारेको छ । शनिवारबाट सुरु पाकिस्तान, न्युजिल्याण्ड र दक्षिण अफ्रिका सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली ७८ रनले पराजित भएको हो । न् ३ सय ३१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.५ ओभरमा २ सय ५२ रनमा समेटिएको थियो । त्यसअघि पाकिस्तानको लाहोरमा टस […]

Success

Thank you for your time.