default_image

11 months ago

April 20, 2024

सुदूरपश्चिमको पहिलो जित, गण्डकी पराजित

586 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –सुदूर पश्चिमप्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा पहिलो जित हासिल गरेको छ।

सुदूरले गण्डकी प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरमा हराउँदै अंकको खाता खोलेको हो। सुदूरको जितमा अभिषेक पालले ४९ रन जोडे। उनी अर्धशतकबाट मात्र १ रनले चुके।

जितको लागि १ सय १८ रनको सहज विजय लक्ष्य सुदरले १९ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो। ओपनर अभिषेक राई र राजु रिजालले पहिलो विकेटको लागि ७४ रनको साझेदारी गर्दै सुदुरको जितलाई सहज बनाए।

यो क्रममा अभिषेकले ४६ बलको सामना गर्दै ४ चौका र १ छक्का सहित टिमको लागि सर्वाधिक ४९ रन बनाए र रनआउट हुन पुगे। यसपछि राजु र वसन्त कार्कीले सुदुरलाई जिततर्फ डोर्याए। वसन्तले २७ बल खेल्दै ४ चौका र १ छक्का सहित ३७ र राजुले २९ रनमा नटआउट रहे। गण्डकीका कुनैपनि खेलाडीले विकेट लिन सकेनन्।

त्यसअघि माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको गण्डकी १८.३ ओभर सबै विकेट गुमाउँदै १ सय १७ रनमा समेटियो।

पहिलो क्रमका ३ ब्याटरले दोहोरो रन छुन नसक्दा गण्डकीले फितलो सुरूवात गर्यो। इश्वर क्षेत्री र दीपक डुम्रे ५/५ रनमा र अर्जुन कुमाल ३ रनमा आउट भए। यतिखेर गण्डकीले १९ रन बनाएको थियो।

कप्तान विपिन खत्रीले‌ सर्वाधिक ३० र रोशन गौतमले २८ रन बनाए। यस्तै दिनेश बुढामगर र करण पंगेनीले १५/१५ रन जोडे। यी चार बाहेक अन्यले दोहोरो रन छुन सकेनन्। बलिङमा नारायण जोशी, शेर मल्ल र नरेन भट्टले समान २ विकेट लिए।

२ खेल खेलेको सुदूरको यो पहिलो जित हो र २ अंक बनाएको छ। गण्डकी प्रदेशको भने यो तेस्रो हार हो। ४ खेल खेलेको गण्डकीले मात्र एक खेल जितेको छ।

March 11, 2025

आइजिपी कप क्रिकेट सुरु हुँदै, इण्डोर क्रिकेट मैदानको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

Success

Thank you for your time.