default_image

11 months ago

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

2432 views

0 Bookmark

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ ।

१ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ ।

डि कक र केएल राहुले पहिलो विकेटका लागि १ सय ३४ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । केएल राहुलले ५३ बलमा ९ चौका र ३ छक्काले ८२ रनको योगदान गरे ।

अर्का ओपनर डि ककले ४३ बलमा ५ चौका र १ छक्काका साथ ५४ रन जोडे । निकोलस पुरन २३ र मार्कुस स्टोनिसले ८ रनमा नकआउट रहे । चेन्नईका मुस्ताफिजुर रहमान र मथिसा पथिरानाले समान १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङका लागि आमन्त्रण पाएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । फेरि एक पटक महेन्द्रसिंह धोनीले सनसनीपूर्ण ब्याटिङ गरे । ९ बल खेलेका धोनीले २ छक्का र ३ चौकाको मद्दतमा नटआउट २८ रन जोडे ।

त्यस्तै टोलीका लागि रविन्द्र जडेजाले सर्वाधिक ५७ रन बनाए । ४० बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे । अजिन्के रहानेले ३७, मोइन अलीले ३० र रितुराज गायकवाडले १७ रन बनाए । अन्य ब्याटर भने चलेनन्। लखनउका कुर्नाल पाड्याले २, मोसिन खान, यश ठाकुर, रवि विश्नोइ र मार्कुस स्टोइन्सले समान १ विकेट लिए ।

चौथो जितसँगै लखनउको ८ अंक पुगेको छ । समान ८ अंकका साथ कोलकाता नाइट राइडर्स दोस्रो, चेन्नई तेस्रो, सनराइजर्स हैदरावाद चौथो र लखनउ पाँचौं स्थानमा छ । १२ अंकसहित राजस्थान रोयल्स शीर्षस्थानमा छ ।

March 11, 2025

आइजिपी कप क्रिकेट सुरु हुँदै, इण्डोर क्रिकेट मैदानको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

Success

Thank you for your time.