10 months ago
April 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बागमती प्रदेशले दोस्रो जित निकालेको छ। आज भएको खेलमा कोशी प्रदेशलाई ७ रनको झिनो अन्तरमा हराउँदै बागमतीले ४ अंक बनाएको छ।
माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको कोशी प्रदेश २० ओभरमा अल आउट हुँदै १ सय ३१ रनमा समेटियो।
कोशीले सुरूवात राम्रो गर्यो। मिनास थापा र कप्तान अंकित सुवेदीले पहिलो विकेटको लागि ५३ रनको साझेदारी गरे। अंकित ४ ओभर ४ बलमा ३६ रनमा आउट भए। यसपछि कोशीलाई बाकी ९ विकेटको मद्दतमा जितको लागि ८६ रन जोड्नु थियो। जुन हुन सकेन।
सुजन थपलिया ३२ रनमा आउट भए। यसपछि अन्य खेलाडीले निराशाजनक प्रदर्शन गरे। मिनास थापा ११ तथा दीपेश कँडेल र फ्रिदोश अन्सारी १०/१० रनमा आउट भए। अन्य खेलाडीले दोहोरो रन छुन सकेनन्।
बलिङमा रिजन ढकालले ४ ओभर बलिङ गर्दै १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। यसैगरी इशान पाण्डे र सुबाास खत्रीले समान २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ३८ रन बनाएको थियो। उसको लागि इशान पाण्डेले सबैभन्दा बढी ३१ रन, सोनु देवकोटाले ३० बनाउँदा सोनु देवकोटाले नटआउट १३ र रबिन जोशीले १३ रन बनाएका थिए। बलिङमा श्रवण यादवले ४ ओभर खेल्दै १७ रन खर्चेर ३ विकेट लिए। यस्तै ज्ञानेन्द्र श्रेष्ठले २ विकेट लिए।
३ खेल खेलेर बागमतीले ४ अंक बनाएको छ। यसअघि बागमतीले गण्डकीलाई ६७ रनले हराउँदा मधेशसँग ६ विकेटले पराजित भएको थियो।पहिलो खेलमा कोशीको यो पहिलो हार हो।
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]