11 months ago
April 19, 2024
मस्कट (हाम्रो खेलकुद) – एसीसी प्रिमियर कपको उपाधि रक्षा लक्ष्य सहित ओमान आएको नेपाली क्रिकेट टोलीले आज सेमिफाइनलमा चिर प्रतिद्वन्दी (संयुक्त अरब इमिरेट्स) युएईको सामना गर्दैछ।
खेल नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ। नेपाल समूह एको विजेता र युएई समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो।
भएको छ । गत संस्करणको फाइनलमा भिडेका यी दुई टोली यसपटक सेमिफाइनलमा एकअर्काको सामना गर्दैछन्।
त्यतिबेला कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपका लागि छनोट भएको थियो।
आजै अर्को सेमिफाइनल ओमानले र हङकङबीच हुनेछ। ओमान समूह ‘बी’ विजेता र हङकङ समूह ‘ए’ को उपविजेता रहेको थियो ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]