default_image

11 months ago

April 18, 2024

गण्डकीलाई पहिलो सफलता

923 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विपिन खत्रीको उत्कृष्ट बलिङमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमापहिलो जित दर्ता गरेको छ।

लगातार २ हारपछि पहिलो जित निकाल्ने क्रममा गण्डकीका अर्जुन कुमालले नटआउट ४९ रन बनाए।
माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३ रनको लक्ष्य गण्डकीले १६.३ ओभरमा २ विकेटको नोक्सानीमा पुरा गर्यो।

ओपनरद्वय इश्वर क्षेत्री र अर्जुनले पहिलो विकेटको लागि ७६ रनको साझेदारी गरे। यही साझेदारी सहज जितको आधार बन्यो। इश्वर ३२ रनमा आउट भए। दीपक डुम्रेले ११ रन बनाए।

अर्जुनले भने नटआउट ४९ रनमा क्रिजमा रहँदै टोलीलाई पहिलो जितको स्वाद चखाउन सफल रहे। उनले ५१ बलको सामना गर्दै ३ चौका र १ छक्का प्रहार गरे । बलिङमा मधेशका विशाल पटेलले मात्र १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १ सय २ रन बनायो। लगातार दुई जित निकालेको मधेशको हारको प्रमुख कारण खराब ब्याटिङ‌ नै बन्यो।

उसको लागि विशाल शुसलिङ्गले सर्वाधिक २४ रन जोड्दा विशाल पटेलले २० रन, म्यान यादवले १८,प्रदीप पासवानले १४ र अरनिको यादवले १३रन बनाए। यसबाहेक अन्यले दोहोरो रन छुन सकेनन्।

बलिङमा विपिन खत्री नायक बने। उनले ४ ओभर बलिङ गर्दै १ मेडम सहित मात्र ५ रन खर्चेर ४ विकेट लिए। यस्तै सुबाश भण्डारीले २ तथा कमल परियार र सन्दीप क्षेत्रीले १/१ विकेट लिए। विपिन प्लेयर अफ दी म्याच चुनिए।

३ खेल खेलेर पहिलो जित हासिल गरेको गण्डकीले अंकको खाता खोल्दै ३ अंक बनाएको छ। यसअघि गण्डकी बागमतीसँग ६७ रनले र लुम्बिनीसँग ७ विकेटले हारेको थियो।

लगातार ३ जितका साथ सानदार सुरूवात गरेको मधेशको भने यो पहिलो हार हो। उसले पहिलो खेलमा बाग्मतीलाई ६ विकेटले र लुम्बिनीलाई २७ रनले हराएको थियो।

March 11, 2025

आइजिपी कप क्रिकेट सुरु हुँदै, इण्डोर क्रिकेट मैदानको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

Success

Thank you for your time.