11 months ago
April 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिप बिहीबार भएको कम योगफलको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले सहजै हराएको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले अर्धशतक बनाए। लुम्बीनीको यो दोस्रो जित हो।
८२ रनको सहज लक्ष्य लुम्बिनीले १२.२ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पुरा गर्यो। कप्तान देवले उत्कृष्ट ब्याटिङ गरे। उनले २९ बलको सामना गर्दै ७ चौका र एक छक्का सहित नटआउट ५१ रन जोडे। मृनाल गुरूङले १३ रन बनाउँदा विराट भण्डारी नटआउट १० रनमा रहे। कर्णालीका दिवान पुनले २ विकेट लिए।
माथिल्लो मुलपानी मैदानमा त्यसअघि कर्णालीले टस जितेर पहिले ब्याटिङ रोज्यो। जहाँ कर्णाली १६.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८१ रनमा मात्र बनाउन सक्यो।
खराब सुरूवात गरेको कर्णालीका पहिलो क्रमका चार ब्याटरले दोहोरो रन छुन सकेनन्। विपिन रावल शुन्य र विपिन शाही १ रनमा आउट हुँदा मात्र २ रनको स्थितिमा कर्णालीको २ विकेट झरिसकेको थियो।
लगत्तै रविन्द्र शाही ५ र हिमान्सु शाही पनि २ रनमा पबिलियन फर्किए। यसरी कर्णालीको पहिलो क्रमका ब्याटर कमजोर बन्दा ४ विकेटको क्षतिमा ३३ रन मात्र बनेको थियो।
यसपछि इनिङस सम्हाल्ने पारी कसैले पनि खेल्न सकेनन्। अर्जुन घर्तीले २८, कप्तान दिवान पुनले १२ र दीपेन्द्र रावतले ११ रन जोडे। यी तीन बाहेक अन्य कुनेपनि खेलाडीले दोहोरो रन छुन सकेनन्।
बलिङमा लुम्बिनीका कप्तान देव , अभिषेक गौतम र वीर मगरले समान २ विकेट लिए। यस्तै निर्मल गुरूङ, कृष्ण कार्की र नर सार्कीले १/१ विकेट झारे। देव प्लेयर अफ दि म्याच चुनिए।
३ खेलमा लुम्बिनीको यो दोस्रो जित हो। पहिलो खेलमा लुम्बिनीले गण्डकीलाई ७ विकेटले हराउँदा हिजो मधेशसँग २७ रनले हारेको थियो।
२ जितमा लुम्बिनीले ४ अंक बनाएको छ। कर्णाली भने पहिलो खेलमा पराजित भएको हो। आजै गण्डकी र मधेश प्रदेशबीचको खेल हुनेछ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]