10 months ago
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आशुतोष गिरहियाको सानदार शतकमा बागमती प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा पहिलो जित हात पारेको छ । बागमतीले बुधबार गण्डकी प्रदेशलाई ६७ रनको सहज नतिजामा हराएको हो । गण्डकीको यो लगातार दोस्रो हार हो ।
माथिल्लो मुलपानी मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९८ रनको ठूलो योगफल बनायो । यो योगफल बनाउने क्रममा ओपनर आशुतोष नायक बने । उनी पुरै २० ओभर क्रिजमा रहे ।
अन्तिम ओभरको पहिलो बलमा छक्का र दोस्रो बलमा दुई रन लिंदा आशुतोषले ५४ बलमा शतक पूरा गरे । उनले ५६ बल खेल्दै ७ चौका र ६ छक्का सहित १ सय १ रनको पारी खेले । यसैगरी रविन जोशीले ३६, आदिल खानले १९, इशान पाण्डेले १५ र कप्तान रित गौतमले १० रन बनाए ।
बलिङमा कमजोर गण्डकीको लागि कमल परियार र अमृत गुरूङले २÷२ तथा सन्दीप क्षेत्री र विपीन खत्रीले १/१ विकेट लिए ।
जवाफमा १ सय ९९ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी १९.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १ सय ३१ रनमा समेटियो । उसको लागि अमृत गुरुङले नटआउट ३४ रन बनाए ।
अन्य कुनै पनि ब्याटर क्रिजमा टिक्न सकेनन् । सन्दीप क्षेत्री २० रनमा र दीपक डुम्रे १८ रनमा आउट भए । बलिङमा सुबाश खत्रीले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । यस्तै रिजन ढकाल र रामनरेश गिरीले समान २ विकेट आफ्नो नाममा लेखाए । बागमतीका आशुषतोष गिरहियो प्लेयर अफ दी म्याच घोषित भए ।
यो जितमा दुई खेलपछि बागमतीले अंकको खाता खोल्दै २ अंक जोड्यो। बागमती हिजो पहिलो खेलमा मधेश प्रदेशसँग हारेको थियो । गण्डकी भने दुई खेलपछि पनि अंक विहिन छ । मंगलबार गण्डकी लुम्बिनीसँग स्तब्ध भएको थियो । प्रतियोगितामा बिहीबार दुई खेल हुनेछन् । कर्णाली र लुम्बिनी तथा दोस्रो खेलमा मधेश र गण्डकीबीच खेल हुनेछ ।
February 10, 2025
एजेन्सी – दक्षिण अफ्रिकाका २६ वर्षीय ब्याटर म्याथ्यु ब्रिट्ज्की ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले पाकिस्तानमा जारी त्रिकोणात्मक ओडीआई सिरिजमा न्युजिल्यान्डविरुद्ध १ सय ४८ बलमा ११ चौका र ५ छक्कासहित १ सय ५० रनको शतकीय इनिङ खेल्दै विश्व कीर्तिमान बनाए । उनले वेष्टइण्डिजका डेसमन्ड हेन्सले सन् १९७८ मा अष्ट्रेलियाविरुद्ध बनाएको १ […]
February 10, 2025
एजेन्सी – केन विलियम्सनको अविजित शतकको सहयोगमा न्युजिल्याण्डले त्रिकोणात्मक ओडीआई सिरिजमा दक्षिण अफ्रिकामाथि ६ विकेटको सानदार जित हात पारेकोछ । पाकिस्तानको लाहोरमा जित्नलाई ३ सय ५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विलियम्सनले १ सय १३ बलमा १३ चौका र २ छक्कासहित १ सय ३३ रनको अविजित इनिङ खेले […]
February 10, 2025
धनगढी (हाम्रो खेलकुद)- अर्जुन ट्रफी टोली विजेता सिवाइसी अत्तरियाका विवेक यादव सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। विवेकलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ। प्रतियोगिता अवधिभर उनले १ सय ५२ रन बनाउनका साथै १० विकेट लिएका थिए। दोस्रो भएको फ्रेण्डस युथ क्लब डडेल्धुराका कुशल भुर्तेल उत्कृष्ट बलर र उत्कृष्ट ब्याटर दुवै चिनिए। उनले ५ खेलमा १ […]