10 months ago
April 17, 2024
मस्कट (हाम्रो खेलकुद) – एसीसी प्रिमियर कपको उपाधि रक्षा गर्ने क्रममा नेपालले फाइनल प्रवेशका लागि चिर प्रतिद्वन्दी युएईको सामना गर्ने भएको छ । ओमानले कुवेत विरुद्ध जित निकालेपछि युएई समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।
जितसँगै ओमान ४ खेलमा ८ अंक सहित समूह ‘बी को विजेता बनेको छ । युएई ६ अंक सहित दोस्रो रहँदै सेमिफाइनलमा पुगेको छ ।
दोस्रो रहेको युएईले समूह ‘ए’ को विजेता नेपालको सामना गर्ने पक्का भएको हो । गत संस्करणको फाइनलमा भिडेका यी दुई टोली यसपटक भने सेमिफाइनलमा नै भिड्न लागेका हुन् ।
यस्तै ओमानले भने हङकङको सामना गर्नेछ । ओमान समूह ‘बी’ विजेता र हङकङ समूह ‘ए’ को उपविजेता रहेको थियो ।
नेपाल र युएई बीचको पहिलो सेमिफाइनल शुक्रबार नेपाली समय अनुसार बिहान ११:४५ बजे सुरु हुनेछ । ओमान र हङकङ बीचको खेल सोही दिन दिउँसो ४:१५ बजे सुरु हुनेछ ।
समूह ‘ए’ मा नेपालले ४ खेलमा ८ अंक ल्याउन सफल रह्यो । हङकङको ४ खेलमा ४ अंक रह्यो । कतारको पनि ४ अंक रहेपनि नेट रनरेटका आधारमा तेस्रो भयो । हङकङको नेट रनरेट -०.१२८८ र कतारको -०.४५३ रह्यो । साउदी भने २ अंक सहित चौथो स्थानमा सिमित भयो । मलेसिया २ अंकसहित पुछारमा रह्यो ।
समूह ‘बी’ मा कुवेत ४ अंक सहित तेस्रो रह्यो भने बहराइनले २ र कम्बोडियाले विना अंक प्रतियोगिता अन्त्य गर्यो।
February 10, 2025
एजेन्सी – दक्षिण अफ्रिकाका २६ वर्षीय ब्याटर म्याथ्यु ब्रिट्ज्की ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले पाकिस्तानमा जारी त्रिकोणात्मक ओडीआई सिरिजमा न्युजिल्यान्डविरुद्ध १ सय ४८ बलमा ११ चौका र ५ छक्कासहित १ सय ५० रनको शतकीय इनिङ खेल्दै विश्व कीर्तिमान बनाए । उनले वेष्टइण्डिजका डेसमन्ड हेन्सले सन् १९७८ मा अष्ट्रेलियाविरुद्ध बनाएको १ […]
February 10, 2025
एजेन्सी – केन विलियम्सनको अविजित शतकको सहयोगमा न्युजिल्याण्डले त्रिकोणात्मक ओडीआई सिरिजमा दक्षिण अफ्रिकामाथि ६ विकेटको सानदार जित हात पारेकोछ । पाकिस्तानको लाहोरमा जित्नलाई ३ सय ५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विलियम्सनले १ सय १३ बलमा १३ चौका र २ छक्कासहित १ सय ३३ रनको अविजित इनिङ खेले […]
February 10, 2025
धनगढी (हाम्रो खेलकुद)- अर्जुन ट्रफी टोली विजेता सिवाइसी अत्तरियाका विवेक यादव सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। विवेकलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ। प्रतियोगिता अवधिभर उनले १ सय ५२ रन बनाउनका साथै १० विकेट लिएका थिए। दोस्रो भएको फ्रेण्डस युथ क्लब डडेल्धुराका कुशल भुर्तेल उत्कृष्ट बलर र उत्कृष्ट ब्याटर दुवै चिनिए। उनले ५ खेलमा १ […]