10 months ago
April 17, 2024
मस्कट (हाम्रो खेलकुद) – कुवेतलाई हराउँदै ओमान समूह विजेता बन्दै एसिसि प्रिमियर कपको सेमिफाइनल प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा कुवेत माथि ४६ रनको जित निकाल्दै ओमान अन्तिम चारमा प्रवेश गरेको हो ।
ओमानले दिएको २०१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन मात्र बनाउन सक्यो ।
कुवेतका लागि क्लिन्टो एन्टोले १५ बलमा सर्वाधिक ३४ रन बनाए । यस्तै बिलाल ताहिरले ३३ रन बनाउँदा मीत भवसरले २९ तथा रभिजा सान्दारुवनले २३ रन जोडे ।
ओमानका लागि जिशन मक्सुदले ४ विकेट लिए भने अकीब इलयासले ३ विकेट लिए । फयाज बटले र शकील अहमदले १-१ विकेट लिए ।
त्यसअघि अल अमेरातमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै २०० रन बनायो । ओमानका लागि आयान खानले २० बलमा सर्वाधिक ४५ रन बनाए । यस्तै जिशन मक्सुदले ३५ तथा अकीबले ३४ रन जोडे । रफिउल्लाहले २३ रन बनाएर अविजित रहे ।
कुवेतका लागि अड्नान इदरीस र मोहम्मद अस्लामले २-२ विकेट लिए भने यासिन पटेलले र निमिश लतिफले १-१ विकेट लिए ।
जित सँगै ओमान ४ खेलमा ८ अंक सहित समूह विजेता बनेको छ । युएई ६ अंक सहित दोस्रो रहँदै सेमिफाइनलमा पुगेको छ । कुवेत ४ अंक सहित तेस्रो रह्यो भने बहराइनले २ र कम्बोडियाले बिना कुनै अंक प्रतियोगिता अन्त्य गरे ।
सेमिफाइनलमा ओमानले हङकङ विरुद्ध खेल्नेछ भने युएईले नेपाल विरुद्ध खेल्नेछ । सेमिफाइनलमा शुक्रबार हुनेछ ।
February 10, 2025
एजेन्सी – दक्षिण अफ्रिकाका २६ वर्षीय ब्याटर म्याथ्यु ब्रिट्ज्की ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले पाकिस्तानमा जारी त्रिकोणात्मक ओडीआई सिरिजमा न्युजिल्यान्डविरुद्ध १ सय ४८ बलमा ११ चौका र ५ छक्कासहित १ सय ५० रनको शतकीय इनिङ खेल्दै विश्व कीर्तिमान बनाए । उनले वेष्टइण्डिजका डेसमन्ड हेन्सले सन् १९७८ मा अष्ट्रेलियाविरुद्ध बनाएको १ […]
February 10, 2025
एजेन्सी – केन विलियम्सनको अविजित शतकको सहयोगमा न्युजिल्याण्डले त्रिकोणात्मक ओडीआई सिरिजमा दक्षिण अफ्रिकामाथि ६ विकेटको सानदार जित हात पारेकोछ । पाकिस्तानको लाहोरमा जित्नलाई ३ सय ५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विलियम्सनले १ सय १३ बलमा १३ चौका र २ छक्कासहित १ सय ३३ रनको अविजित इनिङ खेले […]
February 10, 2025
धनगढी (हाम्रो खेलकुद)- अर्जुन ट्रफी टोली विजेता सिवाइसी अत्तरियाका विवेक यादव सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। विवेकलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ। प्रतियोगिता अवधिभर उनले १ सय ५२ रन बनाउनका साथै १० विकेट लिएका थिए। दोस्रो भएको फ्रेण्डस युथ क्लब डडेल्धुराका कुशल भुर्तेल उत्कृष्ट बलर र उत्कृष्ट ब्याटर दुवै चिनिए। उनले ५ खेलमा १ […]