default_image

11 months ago

April 17, 2024

युएई प्रिमियर कपको सेमिफाइनलमा

2168 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – गत संस्करणको उपविजेता युएई ओमनमा जारी एसिसि प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा कम्बोडिया माथि ९ विकेटको जित निकाल्दै युएई अन्तिम चारमा पुग्न सफल भएको हो ।

कम्बोडियाले दिएको ७७ रनको झिनो लक्ष्य युएईले ५.१ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । सो नतिजा सहित युएईको ४ खेलमा ६ अंक भएको छ भने नेट रनरेट ओमान र कुवेत भन्दा राम्रो हुन पुगेको छ । ओमानको ६ अंक छ भने कुवेतको ४ अंक छ ।

ओमान र कुवेत बीच समूह चरणको अन्तिम खेलमा जारी छ । सो खेलमा ओमानले जित हासिल गरे ओमान समूह विकेट बन्नेछ भने कुवेतले जित हासिल गरे ओमानलाई उछिन्दै समूह उपविजेता बन्ने प्रवल सम्भावना छ ।

कुवेतले कुवेत सामु २०१ रनको लक्ष्य पेश गरेको छ । कुवेतले १९.३ ओभर पश्चात जित हासिल गरेमा कुवेत बाहिरिँदै ओमान नेट रनरेटका आधारमा दोस्रो हुनेछ ।

यस समूहको विजेताले सेमिफाइनलमा हङकङ विरुद्ध खेल्नेछ भने समूह उपविजेताले फाइनल प्रवेशका लागि नेपाल विरुद्ध खेल्नेछ ।

कम्बोडिया विरुद्ध युएईका लागि कप्तान मुहम्मद वासिमले १८ बलमा ७ चौका र २ छक्का सहित ४८ रन बनाए । यस्तै आलिशान शराफुले १० बलमा २१ रन बनाएर अविजित रहे । आशिफ खान ५ रनमा नटआउट रहे ।

कम्बोडियाका लागि एकमात्र वले राम शरणले लिए ।

त्यसअघि अल अमेरात टस जितेर ब्याटिङ गरेको कम्बोडिया १९ ओभरमा अलआउट हुदै ७६ रन मात्र बनाउन सक्यो । कम्बोडियाका लागि श्रवण गोदाराले १८ बलमा सर्वाधिक २४ रन बनाए । यस्तै उदय हाथिन्जरले ११ रन बनाए भने लुकमन बटले १० रन जोडे । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

युएईका लागि आयन अफजल खानले ३ विकेट तथा आखिफ राजा र मुहम्मद फरूकले २-२ विकेट लिए । ओमिद रहमान र अलि नासिरले १-१ विकेट लिए ।

प्रतियोगितामा सेमिफाइनल खेलहरु शुक्रबार हुनेछन् भने फाइनल आईतवार हुनेछ ।

March 11, 2025

आइजिपी कप क्रिकेट सुरु हुँदै, इण्डोर क्रिकेट मैदानको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

Success

Thank you for your time.