default_image

10 months ago

April 17, 2024

दीपेन्द्र आइसीसी टि-२० अल-राउण्डर वरियतामा ११औं 

3166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय क्रिकेट टोलीका अल-राउण्डर दीपेन्द्र सिंह ऐरीले आइसीसी टि-२० अल-राउण्डर वरियतामा ठूलो छलाङ मारेका छन् । दीपेन्द्रले १४ स्थान सुधार गर्दै वरियतामा ११औं स्थानमा पुगेका छन् ।

दीपेन्द्र आईसीसी टी–२० को अलराउन्डर वरियतामा एसोसिएट अलराउन्डरको शीर्ष स्थानमा समेत पुगेका छन् । एसोसिएट राष्ट्र मध्य नामिबियाका जेरार्ड एरास्मस १३औं स्थानमा छन् । 

यसअघि उनी वरियतामा २५औं स्थानमा रहेका थिए । ओमानमा जारी एसीसी प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गरिरहेका दीपेन्द्रले पहिलो दुई खेलमा प्लेयर अफ द म्याच समेत जितेका थिए । यो सँगै उनले कतार विरुद्ध अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रगर गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा सो दुर्लभ उपलब्धि हासिल गर्ने पाचौँ खेलाडी समेत बनेका थिए।

अर्का अल-राउण्डर कुशल मल्ल ५ स्थान सुधार गर्दै २७औं स्थानमा पुगेका छन् । कप्तान रोहित पौडेल ६ स्थान तल झर्दै ६२औं स्थानमा पुगेका छन् भने गुलशन झा ६८औं स्थानमा छन् । करण केसी ८०औं स्थानमा रहेका छन् ।  

टि-२० ब्याटर वरियता तर्फ कप्तान रोहित पौडेल ५३औं स्थानमा रहेका छन् । १६ स्थान सुधार गर्दै दीपेन्द्र ६१औं स्थानमा रहेका छन् । यस्तै ओपनर आसिफ शेख ३६ स्थान सुधार गर्दै ब्याटर वरियतामा ७५औं स्थानमा पुगेका छन् । कुशल मल्ल ९ स्थान सुधार गर्दै १००औं स्थानमा पुगेका छन् । 

February 11, 2025

गुल्सन एभिन्यु एजुकेशन कन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अल राउन्डर गुल्सन झा एभिन्यु एजुकेशन कन्सल्टेन्सी र ओएए स्टडी नेपालको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। आज आयोजित कार्यक्रममा गुल्सन र एभिन्यु एजुकेशन कन्सल्टेन्सी र ओएए स्टडी नेपालका संस्थापक रोबेन पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सोही अवसरमा गुल्सनले हस्ताक्षर गरेको जर्सी एजुकेशन कन्सल्टेन्सीलाई प्रदान गरे। सम्झौता तीन […]

February 10, 2025

म्याथ्यु बने ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने ब्याटर

एजेन्सी – दक्षिण अफ्रिकाका २६ वर्षीय ब्याटर म्याथ्यु ब्रिट्ज्की ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले पाकिस्तानमा जारी त्रिकोणात्मक ओडीआई सिरिजमा न्युजिल्यान्डविरुद्ध १ सय ४८ बलमा ११ चौका र ५ छक्कासहित १ सय ५० रनको शतकीय इनिङ खेल्दै विश्व कीर्तिमान बनाए । उनले वेष्टइण्डिजका डेसमन्ड हेन्सले सन् १९७८ मा अष्ट्रेलियाविरुद्ध बनाएको १ […]

February 10, 2025

विलियम्सनको शतकमा न्युजिल्याण्डको सानदार जित

एजेन्सी – केन विलियम्सनको अविजित शतकको सहयोगमा न्युजिल्याण्डले त्रिकोणात्मक ओडीआई सिरिजमा दक्षिण अफ्रिकामाथि ६ विकेटको सानदार जित हात पारेकोछ । पाकिस्तानको लाहोरमा जित्नलाई ३ सय ५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विलियम्सनले १ सय १३ बलमा १३ चौका र २ छक्कासहित १ सय ३३ रनको अविजित इनिङ खेले […]

Success

Thank you for your time.