default_image

8 years ago

February 2, 2017

टि ट्वान्टी सिरिज भारतको कब्जामा

142 views

0 Bookmark

बंगलोर (एजेन्सी)- भारतले अन्तिम टि ट्वान्टी क्रिकेटमा इङ्ल्यान्डलाई  ७५ रनले हराएको छ । तीनवटा टि ट्वान्टीको श्रृंखलामा भारतले २-१ले कब्जा गरेको छ। २ सय ३ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले सम्पूर्ण विकेट गुमाउदै १सय २७ रन जोडेको थियो । युजभेन्द्र  चाहाल अन्तिम खेल तथा प्रतियोगिताकै उत्कृट खेलाडी चुनिए। 

India vs England

खेलको पहिलो ईनिंगमा टस हार्दै ब्याटिंगको निम्तो पाएको भारतले पुरा २० ओभर खेल्दै २ सय  २ रन बनाएको थियो । भारतका लागि तेस्रो नम्बरमा ब्याटिंग गर्न आएका सुरेश रैनाले सर्बाधिक ६३ र चौथो नम्बरमा ब्याटिंग गर्न आएका धोनीले ५६ रनको योगदान गरेका थिए।  छ विकेट गुमाएको भारतका लागि युवराज सिंहले २७, लोकेश राहुलले २२, हार्दिक पाण्डेयले ११, रिशव पन्तले ५ तथा कप्तान बिराट कोहलीले २ रन प्रहार गरेका थिए।

 इंग्ल्यान्डकालागि मिल्स, प्लंकिट, जोर्डन र स्टोक्सले १-१ विकेट लिएका थिए।२०३ रनको लक्ष्य लिएर उत्रेको इंग्ल्यान्डको सुरुवातनै राम्रो हुन सकेन, ओपनर ब्याट्सम्यान बिल्लिंग खाता नखोली आउट भए।  १६.३ ओभरमा सम्पूर्ण विकेट गुमाउदै १२७ रन बनाएको पाहुना टोलीका तीन ब्याट्सम्यानले मात्र दोहोरो अंक छुन सके, इंग्ल्यान्डकालागि रूटले सर्वाधिक ४२, मोर्गनले ४० र रोयले ३२ रनको योगदान दिएका थिए।  भारतकालागि चाहालले ६ विकेट लिए भने बुम्राहले तीन र मिश्राले १ विकेट लिए।

 

March 6, 2025

विश्व कप लिग टु – क्यानडा र नेदरल्याण्ड्सको खेल रद्द

एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]

March 5, 2025

न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो  ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको  थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]

March 5, 2025

रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा

काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]

Success

Thank you for your time.