10 months ago
April 17, 2024
मस्कट (हाम्रो खेलकुद) – एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगिसकेको नेपाल समूह चरणमा अपराजित रहेको छ । एक खेल अगावै सेमिफाइनलमा पुगिसकेको नेपालले आज समूह चरणको अन्तिम खेलमा साउदी अरबलाई ६ विकेटले हराउँदै सतप्रतिशत नतिजा निकालेको हो ।
पिच भिजेका कारण ८ ओभरमा घटाइएको खेलमा साउदीले दिएको ७४ रनको लक्ष्य नेपालले ७.१ ओभरमा ४ विकेट गुमाएर भेटायो । नेपालका लागि गुलशन झा १६ बलमा १ चौका र २ छक्का सहित २८ रन बनाएर अविजित रहे । यस्तै कप्तान रोहित पौडेल ७ बलमा १७ रनमा नटआउट रहे ।
नेपालको जित संगै हङकङ समूहमा दोस्रो रहँदै अन्तिम चारमा प्रवेश गरेको छ । जित्नै पर्ने खेलमा साउदी अरब पराजित भएका कारण हङकङ समूह उपविजेता रहँदै सेमिफाइनलका लागि छनोट भएको हो । नेपालले अब समूह बी को विजेता सँग फाइनल प्रवेशका लागि खेल्नेछ । हङकङले सोही समूहको उपविजेता सँग खेल्नेछ ।
हङकङको ४ खेलमा ४ अंक रह्यो । कतारको पनि ४ अंक रहेपनि नेट रनरेटका आधारमा तेस्रो भयो । हङकङको नेट रनरेट -०.१२८८ रहेको छ भने कतारको -०.४५३ रह्यो । साउदी भने २ अंक सहित चौथो स्थानमा सिमित भयो । मलेसिया २ अंकसहित पुछारमा रह्यो ।
मध्यम लक्ष्य पाएपनि नेपालको सुरुवात भने खराब रहेको थियो । नेपालका ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख सस्तैमा पेभेलियन फर्किएका थिए । कुशल इनिङको दोस्रो बलमा नै इशतियाक अहमदको बलमा थर्ड म्यानमा क्याच आउट भए ।
आशिफ दोस्रो ओभरको दोस्रो बलमा २ रन बनाएर उसमान नजिबको बलमा क्याच आउट नै हुन पुगे । कुशल मल्ल अर्को ओभरमा इशतियाकको बलमा २ रनमा नै बोल्ड आउट भए ।
त्यसपछि गुलशन झा र दीपेन्द्र सिंह ऐरीले केहि बेर इनिङ सम्हालेका थिए । तर ९ बलमा १७ रन बनाएर दीपेन्द्र पाँचौं ओभरको अन्तिम बलमा वाजी उल हसनको बलमा क्याच आउट भए । तर गुलशन र रोहित मिलेर नेपाललाई जित तर्फ डोहोर्याए ।
साउदीका लागि इशतियाक अहमदले २ तथा उस्मान नजिब र वाजी उल हसनले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउदीले निर्धारित ८ ओभरमा ६ विकेट गुमाउँदै ७३ रन बनायो । साउदीका लागि अब्दुल वाहिदले १६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३७ रन जोडे । अन्य ब्याटरले भने दोहोरो अंक पनि छुन सकेनन् । साउदीका काशिफ अब्बासको ८ रन दोस्रो ठूलो स्कोर रहन पुग्यो ।
नेपालका लागि करण केसीले २ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । यस्तै अविनाश बोहोराले पनि २ ओभरमा १५ रन खर्चेर २ विकेट नै लिए । ललित राजवंशीले २ ओभर गर्दै २१ रन खर्चेर १ विकेट लिए । प्रतिश जिसीले १ ओभर बलिङ गर्दै १० रन दिएर १ विकेट हात पारे ।
आज समूह बि बाट अन्तिम चारमा पुग्ने दुई टोलीको टुंगो समेत लाग्नेछ । ४:१५ बजे हुने खेलहरुमा युएई र कम्बोडिया भिड्दा ओमान र कुवेत प्रतिस्पर्धा गर्नेछन् ।
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अल राउन्डर गुल्सन झा एभिन्यु एजुकेशन कन्सल्टेन्सी र ओएए स्टडी नेपालको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। आज आयोजित कार्यक्रममा गुल्सन र एभिन्यु एजुकेशन कन्सल्टेन्सी र ओएए स्टडी नेपालका संस्थापक रोबेन पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सोही अवसरमा गुल्सनले हस्ताक्षर गरेको जर्सी एजुकेशन कन्सल्टेन्सीलाई प्रदान गरे। सम्झौता तीन […]
February 10, 2025
एजेन्सी – दक्षिण अफ्रिकाका २६ वर्षीय ब्याटर म्याथ्यु ब्रिट्ज्की ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले पाकिस्तानमा जारी त्रिकोणात्मक ओडीआई सिरिजमा न्युजिल्यान्डविरुद्ध १ सय ४८ बलमा ११ चौका र ५ छक्कासहित १ सय ५० रनको शतकीय इनिङ खेल्दै विश्व कीर्तिमान बनाए । उनले वेष्टइण्डिजका डेसमन्ड हेन्सले सन् १९७८ मा अष्ट्रेलियाविरुद्ध बनाएको १ […]
February 10, 2025
एजेन्सी – केन विलियम्सनको अविजित शतकको सहयोगमा न्युजिल्याण्डले त्रिकोणात्मक ओडीआई सिरिजमा दक्षिण अफ्रिकामाथि ६ विकेटको सानदार जित हात पारेकोछ । पाकिस्तानको लाहोरमा जित्नलाई ३ सय ५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विलियम्सनले १ सय १३ बलमा १३ चौका र २ छक्कासहित १ सय ३३ रनको अविजित इनिङ खेले […]