10 months ago
April 17, 2024
मस्कट (हाम्रो खेलकुद) – हङकङले मलेसिया माथि सानदार जित दर्ता गरेसँगै कतार ओमनमा जारी एसीसी प्रिमियर कपबाट बाहिरिएको छ । हङकङले बुधबार मलेसिया विरुद्ध ७ विकेटको जित संगै कतार बाहिरिएको हो ।
मलेसियाले दिएको १ सय ४१ रनको मध्यम लक्ष्य हङकङले १२.१ ओभरमै ३ विकेट मात्र गुमाएर भेटायो ।
४ खेलमा ४ अंक भएको हङकङको नेट रनरेट -०.१२८८ पुगेको छ । कतारको नेट रनरेट -०.४५३ रहेको छ ।
अहिले जारी नेपाल र साउदी अरेबिया बीचको खेलमा साउदीले जित हासिल गर्न नसकेमा हङकङ दोस्रो रहँदै सेमीफाइनलमा प्रवेश गर्नेछ । साउदीको ३ खेलमा २ अंक छ । साउदीको जित पश्चात पनि नेट रनरेटका आधारमा दोस्रो स्थानको टुंगो लाग्नेछ ।
नेपाल यसअघि नै समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । मलेसिया भने २ अंक सहित समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
हङकङलाई जिताउन बबर हयातले ३५ बलमा २ चौका र ९ छक्का सहित ८३ रनको उत्कृष्ट इनिङ खेले । यस्तै कप्तान निजाकत खानले २६ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४७ रनमा अविजित रहे । ओपनर मार्टिन काेट्जीले ५ र अंशुमन रथ ७ रनमा आउट भएका थिए ।
मलेसियाका लागि पवनदिप सिंहले २ तथा खीजार हायातले १ विकेट लिए ।
त्यसअघि अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनायो । मलेसियाका लागि अहमद फैजले ३२ बलमा सर्वाधिक ३२ रन बनाए ।
यस्तै अकिल वाहिदले ३०, शर्विन मुनियाण्डीले १८ तथा साएद अजिजले १६ रन जोडे । विजय उन्निले १५ रन बनाए ।
हङकङका लागि आयुष शुक्लाले ३ तथा अतिक इकबाल र ऐजाजले २-२ विकेट लिए । यस्तै एहसान खान र यासिम मुर्ताजाले १-१ विकेट लिए ।
यस्तै जारी साउदी अरब र नेपाल बीचको खेल ८-८ ओभरमा घटाएर खेलाईएको छ । साउदी अरब पहिले ब्याटिङ गर्दैछ । समूह बी अन्तर्गत थप दुई खेल आज ४:१५ बजे हुँदै छन् ।
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अल राउन्डर गुल्सन झा एभिन्यु एजुकेशन कन्सल्टेन्सी र ओएए स्टडी नेपालको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। आज आयोजित कार्यक्रममा गुल्सन र एभिन्यु एजुकेशन कन्सल्टेन्सी र ओएए स्टडी नेपालका संस्थापक रोबेन पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सोही अवसरमा गुल्सनले हस्ताक्षर गरेको जर्सी एजुकेशन कन्सल्टेन्सीलाई प्रदान गरे। सम्झौता तीन […]
February 10, 2025
एजेन्सी – दक्षिण अफ्रिकाका २६ वर्षीय ब्याटर म्याथ्यु ब्रिट्ज्की ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले पाकिस्तानमा जारी त्रिकोणात्मक ओडीआई सिरिजमा न्युजिल्यान्डविरुद्ध १ सय ४८ बलमा ११ चौका र ५ छक्कासहित १ सय ५० रनको शतकीय इनिङ खेल्दै विश्व कीर्तिमान बनाए । उनले वेष्टइण्डिजका डेसमन्ड हेन्सले सन् १९७८ मा अष्ट्रेलियाविरुद्ध बनाएको १ […]
February 10, 2025
एजेन्सी – केन विलियम्सनको अविजित शतकको सहयोगमा न्युजिल्याण्डले त्रिकोणात्मक ओडीआई सिरिजमा दक्षिण अफ्रिकामाथि ६ विकेटको सानदार जित हात पारेकोछ । पाकिस्तानको लाहोरमा जित्नलाई ३ सय ५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विलियम्सनले १ सय १३ बलमा १३ चौका र २ छक्कासहित १ सय ३३ रनको अविजित इनिङ खेले […]