10 months ago
April 17, 2024
मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले साउदी अरबको सामना गर्दैछ । वर्षाको प्रभावले केही ढिलो भएको खेल नेपाली समयअनुसार दिउँसो २:१५ बजे सुरु हुँदैछ ।
पिच भिजेको कारण ढिलो सुरु हुन लागेको खेल ८ ओभरको हुनेछ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन् ।
नेपालले टोलीमा एक परिवर्तन पनि गरेको छ । सोमपाल कामीको स्थानमा प्रतिश जिसीले अवसर पाएका छन् ।
नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा अघि बढिसकेको छ । साउदीलाई भने सेमिफाइनलमा पुग्न जित आवश्यक छ । अर्को खेलमा हङकङ र मलेसियाको नतिजाले पनि समीकरणमा प्रभाव पार्नेछ ।
नेपालको प्लेइङ ११:
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, अभिनाश बोहोरा, प्रतिश जिसी
बेन्च: अनिल शाह, विवेक यादव, सोमपाल कामी
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अल राउन्डर गुल्सन झा एभिन्यु एजुकेशन कन्सल्टेन्सी र ओएए स्टडी नेपालको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। आज आयोजित कार्यक्रममा गुल्सन र एभिन्यु एजुकेशन कन्सल्टेन्सी र ओएए स्टडी नेपालका संस्थापक रोबेन पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सोही अवसरमा गुल्सनले हस्ताक्षर गरेको जर्सी एजुकेशन कन्सल्टेन्सीलाई प्रदान गरे। सम्झौता तीन […]
February 10, 2025
एजेन्सी – दक्षिण अफ्रिकाका २६ वर्षीय ब्याटर म्याथ्यु ब्रिट्ज्की ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले पाकिस्तानमा जारी त्रिकोणात्मक ओडीआई सिरिजमा न्युजिल्यान्डविरुद्ध १ सय ४८ बलमा ११ चौका र ५ छक्कासहित १ सय ५० रनको शतकीय इनिङ खेल्दै विश्व कीर्तिमान बनाए । उनले वेष्टइण्डिजका डेसमन्ड हेन्सले सन् १९७८ मा अष्ट्रेलियाविरुद्ध बनाएको १ […]
February 10, 2025
एजेन्सी – केन विलियम्सनको अविजित शतकको सहयोगमा न्युजिल्याण्डले त्रिकोणात्मक ओडीआई सिरिजमा दक्षिण अफ्रिकामाथि ६ विकेटको सानदार जित हात पारेकोछ । पाकिस्तानको लाहोरमा जित्नलाई ३ सय ५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विलियम्सनले १ सय १३ बलमा १३ चौका र २ छक्कासहित १ सय ३३ रनको अविजित इनिङ खेले […]